कपनमा बाल श्रमिकको उद्धार

कपन ३ बाट  बाल श्रमिकको उद्धार

कपन अनलाइन बाल श्रम शोषणका  नमूना कपनमा भेटिएको छ । कपन ३, पञ्चकुमारी नजिक घर भएका सुशिल मैनाली घरमा एक बालिका लामो समयदेखि बाल श्रमिकको रुपमा रहेको पाइएपछि सबन्धित पक्ष उद्धारको लागि पुगेको थियो ।
घरमा काम गर्न दोलखाबाट ल्याइएकी यी बालिका कहिले यस घरमा आइन् भन्ने समेत बताउन सकिनन् । अहिले हाल कति उमेर भएको समेत नबताउने यी बालिकालाई काम गर्न ल्याएका सुशिलले स्कूलमा भर्ना नगरेको र बेलाबेलामा कुटपिट पनि हुने गरेको  आरोपमा  कपन बाल संरक्षण समितिलाई खबर भएपछि यो विषय सार्वजनिक भएको हो । गाविस सचिव अध्यक्ष रहने बाल संरक्षण समितिलगायत अरु सामाजिक संस्था र व्यक्ति यो विषयमा बुझ्न सुशिलको घरमा कपन प्रहरी बृतका प्रहरीसहित  पुगेको थियो । उद्धार टोलीमा बाल संरक्षणमा कृयाशील सिविस लगायत बाल संरक्षण समिति कपन, समाजको आवाजलगायत संस्था थिए ।
उद्धार गरिएपछि सविता थामीलाई बौद्ध प्रहरी चौकीबाट सिविसको होस्टेलमा लगिएको छ । उनी त्यहाँ आफ्नो परिवारका सदस्य नआइन्जेल रहन्छिन् ।

तपाइँको प्रतिक्रिया ।