बालउद्धार स्कूल सञ्चालन गर्न भट्टि

कपन अनलाइन नेपाल विश्वमै खुलमखुल्ला जाँडरक्सि बेचबिखन र निम्नस्तरको रक्सि बेचबिखन गर्ने देशमा चिनिन्छ । धार्मिकस्थलदेखि विद्यालय परिसरसम्म रक्सिजाँडका पसल र पारखीहरु आनन्द लिइरहेको पाइन्छन् । हाम्रो कपन पनि यस विषयमा सर्वाेत्कृष्टमध्ये एकमा पर्दछ । कतिपय टोल सुधार समिति पनि भट्टि सुधार समितिको रुपमा देखिन थालेको अवस्थाामा कपनमा बहुमुखी क्याम्पस बन्ने तरखरमा रहेको बालउद्धार उच्च माविको भवनका सटरहरुमा जाँड रक्सिका लोकल भट्टिहरु देख्न पाइन्छन् ।

शिक्षा दिने संस्थाका हातामा मादक पदार्थ सेवन गर्ने पसल हुनुलाई संयोग मात्र मान्नु गल्ति हुन सक्छ । कपनमा कार्यरत विभिन्न पार्टीका नेताहरु सम्मिलित व्यवस्थापन समितिले खुलम खुल्ला जाँड रक्सिको बेचबिखनलाई पश्रय दिएको पाइन्छ । यस उच्च माविको विशाल भवनमा रहेको थुप्रै सटरहरुमध्ये ३ वटा सामान्य भट्टि पसल सञ्चालन भैरहेको छ भने दुइवटा किराना पसलसहितको शिलबन्दी रक्सि पसलसमेत रहेको छ । नेपालको कानुन अनुसार विद्यालय तथा मन्दिर वरिपरिको ५०० मिटरभित्र रक्सिजाँडका भट्टि वा पसल राख्न पाइँदैन ।
यस विषयमा व्यवस्थापन समितिका सदस्य श्याम डोटेलका अनुसार यी कोठा भट्टिलाई नै भाडा दिएको चाहिँ नभएर पसल राख्ने भनेर लिएका तर पछि भट्टि राखेकोले समस्या भएको हो । यिनीहरुलाई हटाउने प्रयास भैरहेको उनले बताए । डोटेलले भट्टि पसल हटाउने प्रयास भैरहेको बताए पनि १५-२० दिन अघिमात्र शिलबन्दी रक्सि बेच्ने पसललाई खुल्ला भट्टिमा परिणत गरिएकोले व्यवस्थापन समिति भट्टि संचालनलाई महत्व दिइरहेको देखिन्छ । यस विषयमा एक व्यवस्थापन समितिका सदस्यले आफ्नो नाम नलेख्ने सर्तमा अरु कुनै पसल आउँदैन यहि भट्टिलाई सटर भाडामा दिएर भने पनि शिक्षकलाई तलब खुवाउन बाध्य भएको जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।