कविता- नारायण नेपाल

कपन अनलाइन, काठमाडौँ,  साहित्य । 

कविता

  • नारायण नेपाल

 

छ देश हेर बन्दगी दहाल-खाँड चुप्प छन्,
अझै र खड्ग बाँसुरी बजाउने झुरुप्प छन् !

 
कतै हिमाल छन् कतै मधेश दाउमा यहाँ,
म देख्नखोज्छु देश यो छ एक बेस ठाउँमा !

 
बिना बुझी कुनै रिचा हुने उपाध्य धेर छन्,
सिके-बिकेर ध्वंस ह्याँ मचाउने कुवेर छन् !

 
म ठान्छु मिल्छ यो सबै कसै र खुल्छ द्वार क्यै,
निकास भेट्छ राष्ट्रले र चुम्छ यो बहार क्यै !

 
अतीव मुग्ध आँतले छ गाउने सदैव यो !
घुमेर काव्य-कन्दरा अघाउने म हैन पो !

तपाइँको प्रतिक्रिया ।