नेकपा- माओवादीको कपन अधिवेशन मंसिर ९ गते मात्र हुने


पार्टी विभाजपछि पहिलो पटक अधिवेशनको संघारमा रहेको नेकपा – माओवादीको कपन अधिवेशन केही दिनका लागि सरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज मंसिर ४ गते गर्ने भनिएको अधिवेशन मंसिर ९ गतेसम्मको लागि स्थगित गरिएको हो । यस सम्बन्धमा कपन नेकपा – माओवादी इन्चार्ज ध्रुवकुमार बस्नेत र सेक्रेटरी अशोकराज पाण्डेद्वारा प्रेषित वत्तव्यमा जिल्ला संगठन कमिटिको निर्देशन बमोजिम काठमाडौं जिल्लाभित्रका गाविसहरुमा मंसिर ७ देखि १८ गतेसम्म गरिसक्ने परिपत्र आएकोले मंसिर ९ गते गरिने भएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।