नेपाली कांग्रेस बुनपा १२ र १४ मा स्थानीय तहको चुनावी सरगर्मी शुरू

कपन अनलाइन, काठमाडौँ । सरकारले स्थानीय निकाय चुनावको मिति घोषणासँगै राजनीतिक दलहरु चुनावी दाउपेचमा उत्रिएका छन् । स्थानीयस्तरमा को उम्मेदवार बन्ने हिसाबले पनि राजनीतिक चर्चा परिचर्चा शुरु हुनुका साथै सामाजिक संजालसमेत स्थानीय निकायको चुनावमय बनेको छ ।

 

बुनपाका सबैभन्दा ठूला वडाहरु वडा नं. १२ र १४ मा पनि स्थानीय निकायको चुनावी सरगर्मी शुरु भएको छ । चियापसल होस् वा कुनै पनि हिसाबको भेटघाट होस् पहिलो विषय चुनाव हुन थालेको छ । बुनपामा मतदातको हिसाबले सबैभन्दा ठूला र महत्वपूर्ण मानिने यी वडाका नेका सभापतिहरु उत्साहपूर्ण चुनावी गतिबिधिमा लागेका छन् ।

 
वडा नं. १४ का नेका सभापति होमनाथ तिमिल्सिनाले कपन अनलाइनसँग कुरा गर्दै भने, “अब चुनावी जोड घटाऊमा व्यस्त हुन थालेको छु ।” उनले आफू वडाध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेको बताउँदै आफ्नो वडाको सबै क्षेत्रमा सांगठनिक गतिबिधिका लागि आफूले साथीभाइ खटाइसकेको बताए । विकासप्रेमी तथा मिलनसार व्यक्तिको रुपमा परिचित तिमिल्सिना विपक्षी पार्टीहरुका लागि कमजोरी नभएको व्यक्तिको रुपमा लिइने गरिएको छ ।

 
होमनाथ भन्छन्, “अबको मुद्धा राजनीतिक भन्दा पनि विकास र आवश्यक्ता हो । म पार्टीगतरुपमा मात्र हैन समग्र वडाको विकासको लागि राजनीति गरिरहेको छु ।” होमनाथलाई पार्टीले उम्मेदवार बनायो भने उनको जीत सुनिश्चित भएको दावी गर्नेहरु पनि छन् भने होमनाथलाई नेकाभित्रको आन्तरिक गुटगत समस्याभित्र पनि संयमकारी व्यक्तिको रुपमा लिने गरिन्छ ।

 
त्यसैगरी वडा नं. १२ का सभापति श्याम डोटेलले पनि आफू वडाध्यक्षको उम्मेदवार बन्ने तयारी रहेको बताएका छन् । लामो समयदेखि नेकाको राजनीतिमा रहेर विकास निर्माणमा कृयाशिल डोटेल तत्कालिक कपन गाविसमा पनि अनुगमन समितिमा रहेरको काम गरेको अनभव राख्दछन् । बुनपा १२ मा एक कार्यकाल नागरीक वडामञ्चको संयोजक बनेर काम गरेको अनुभव पनि डोटेलसँग छ । बुनपाको वडा १२ का नेका सभापति रहेका कारण वडाध्यक्ष उम्मेदवारमा आफ्नो दावी रहेको मात्र नभै सम्भवतः आफ्नो सुरक्षित उम्मेदवारी रहेको डोटेलले दावी गरे ।

 
वडा नंं १२ डोटेलबाहेक अरु केही व्यक्तिहरुले पनि वडाध्यक्ष पदको दावी गरिरहेको बताइएको छ भने । यो वडामा एमालले कस्लाई उम्मेदवार बनाउँछ भन्ने बारेमा पनि आफू सचेत रहेको डोटेल बताउँछन् । एमालेबाट नवराज भट्टराई, ध्रुव भट्टराई लक्ष्मी संग्रौला तथा मिठाराम अधिकारीको नाम वडाध्यक्षको रुपमा चर्चामा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।