सकियो काठमाडौँको क्षेत्र नं ७ को नवौँ राष्ट्रपति रनिङ सिल्ड
कपन अनलाइन
जिल्ला खेलकुद विकास समिति काठमाडौँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता काठमाडौँको क्षेत्र नं ७ मा हिजोबाट सकिएको छ ।
हिजो भएको समापन खेलमा भलिबल अरुणिमा माविले हात परेको छ । कबर्डी केटा तर्फाको बिजेता स्थानीय आयोजक युवक मावि ले राखेको छ । ३ सय मिटर दौडमा केटा तर्फको बिजेता सिद्धि गणेश मावि रहयो भने केटि तर्फको दौडको बिजेता अरुणिमा माविले भएको छ । त्यस्तै २ सय मिटर दौडको केटा तर्फको बिजेता आयोजक युवा मावि भयो ।
यसैगरी केटा तर्फा ४०० x ४०० रिलेको उपाधि कान्तिपुर माविले जितेको छ भने केटि तर्फको उपाधि कन्या माविले सुरक्षि गरेको छ । १०० मिटर दौड को उपाधि युवक माविले जितेको युवक माविका शिक्षक तथा सह संयोजक ईश्वर सुनारले कपन अनलाइनलाई बताए ।
जिल्ला खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक राधिका अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका प्रमुख नविन उप्रेती प्रमुख अतिथि रहेका थिए भने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दामोदर भट्टराई विशेष अथिति रहेका थिए ।
नविन उप्रेतीले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने बताए।
कार्यक्रममा खेलकुद परिषदका इन्जिनियर राजु श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाराम बस्नेत ,जिल्ला खेलकुद विकास समिति सदस्य दिपा बन ,जिल्ला खेलकुद विकास समिति सदस्य भगवान प्रजापति लगायतको उपस्थिति रहेको थियो ।
नवौँ राष्ट्रपति रनिङ सिल्ड २०७३ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को प्रतियोगिता ११-१२ गते पेप्सीकोला टाउन प्लानिंग हुनेछ ।