भब्य भयो ‘कागेश्वरी पर्यटन महोत्सव –२०७३’ हेर्नुहोस् फोटोमा

भब्य भयो  ‘कागेश्वरी पर्यटन महोत्सव –२०७३’ हेर्नुहोस् फोटोमा

फाल्गुन ७, काठमाडौँ,

आज  प्रजातन्त्र दिवसको दिन काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका १, कागेश्वरीमा कागेश्वरी महोत्सव भएको छ । गागलफेदीको चिहानडाँडा पवित्र सहिद उद्यानमा आज  कागको प्रतिमा सिल्यानस गरिएको छ । सिल्यानस पूर्व संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङ र काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयालले गरेका हुन् भने अर्को कागको मुर्ति कागेश्वरी मन्दिर परिसरमा रहने छ ।

कागेश्वरी पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रमा मुख्य प्रायोजक कागेश्वरी मनोहरा नगरपालिका र मिडिया पाटन कपन अनलाइन डटकम रहेको थियो । महोत्सवमा  अथिति पूर्व संविधानसभाका सभामुख सुवासचन्द्र नेम्बाङ र काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयाल बिशेष अतिथी रहेका थिए ।

महोत्सव  काठमाडौँ क्षेत्र नं. ३ का सांसद रामेश्वर फुयालको बिशेष पहलमा भएको हो । सो कार्यक्रममा कागेश्वरी मन्दिर र तामांग बस्तीको बारेमा बिस्तृत चर्चा भएको थियो । काठमाडौँमा रहेर पनि बिकट जस्तो देखिने कागेश्वरी मन्दिरको प्रचार प्रसार र ठाउँको बारेमा जानकारी गराउन महोत्सव आयोजना गरिएको साम्सद फुयालले बताए ।

कार्यक्रममा सांसद रामेश्वर फुयालले कागेश्वरीको बिकासका लागि आफु दत्तचित्त भएर लागेको र लागिरहने  प्रतिबद्दता व्यक्त गरे ।कार्यक्रममा विकासका काममा कागेश्वरी नगरपालिकामा आफु हरुले योजना बनाएर सक्दो कृषि र पर्यटनको विकासको लागि काम गरिरहेको कागेश्वरी नगरपालिकामा  राजनीतिक सहजीकरणगर्ने  नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकामा मावोवादी केन्द्रका  राजनीति व्यक्तिहरुको   भनाइ थियो ।

तामांग र नेवार संस्कृतिको बिभिन्न पक्षहरु सो महोत्सवमा रखिएको थियो । भने नगरपालिका आसपासका क्षेत्रमा उत्पादन गरिएका कृषि जन्य सामग्री हरु प्रदर्शनिमा राखिएको थियो ।

यस महोत्सवमा   व्यापार गरि गत साल स्थानीय ब्यापारीहरुले ५ देखि ७ लाख सम्म कमाएको र यस वर्ष ७ लाख देखि १० लाख सम्मको कारोबार भएको हुनसक्ने  स्थानीय दोर्जे तामाङ्गले कपन अनलाइनलाइ बताए ।

महोत्सव स्थानीय  वासीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो , उपत्यकाभरिका सबै सहरको दृश्यावलोकहेर्न  सकिने स्थानमा महोत्सव गरिएको हुदाँ आन्तरिक पर्यटक हरु अबेरसम्म  बसेका थिए भने   महोत्सव  साँझ ७ बजेसम्म संचालन भएको थियो ।

कार्यक्रमा काग सम्मेलन तथा स्थानीय बाजागाजाको झाकी हरु प्रस्तुत गरिएको थियो ।

हेर्नुहोस्  दोस्रो कागेश्वरी महोत्सव फोटोमा


तपाइँको प्रतिक्रिया ।