गगन थापाले सहरी विकास मन्त्रालयमार्फत क्षेत्र नं ४ मा यस्ता काम गर्दैछन्
कपन अनलाइन, काठमाडौँ । स्वास्थ्य मन्त्री गगन थापा आफ्नो निर्वाचन क्षेत्रको विकासमा विशेष सचेत मानिन्छन् । उनको प्रयासमा गत केही वर्षदेखि क्षेत्र नं. ४ मा धेरै सडक बिस्तारका काम भैरहेका छन् । २ अर्बभन्दा धेरै बजेटका सडक विस्तार तथा निर्माणमा उनको विशेष पहल छ ।
मन्त्री भएपश्चात सांसद थापाका पाइला विकासका क्षेत्रमा झनै बाक्लिएको छ । बिभिन्न मन्त्रालयबाट बजेट धेरै प्याकेजहरु आफ्ना निर्वाचन क्षेत्रमा उनले ल्याएका छन् । त्यसैगरी पहल गरेर बजेटको निकासा हुने क्रममा रहेको थुप्रै कामहरुमध्य यो वर्ष नै कार्यान्वयन गर्ने आदेशसहितको सहरी विकास मन्त्रालयमा थापाले पठाएको पत्र कपन अनलाइनलाई प्राप्त भएको छ । काठमाडौं क्षेत्र नं. ४ का सर्वसाधारणका लागि यो महत्वपूर्ण जानकारी हुन सक्छ । (हेर्नुस्, समाचारको अन्त्यमा तोक आदेशसहितको पत्र)
सहरी विकास मन्त्रालयमा सांसद गगन कुमार थापाको नाममा गएको ६ बुँदे योजना थप गरी कार्य सम्पन्न गरिदिने विषयमा पत्रमा सो मन्त्रालय यसै वर्ष कार्यान्वयन हुने गरी प्रकृया अगाडि बढाउन तोक लगाएको छ । ६ वटा शीर्षकमा थापाले माग गरेका बजेट मध्ये ४ नम्बर बुँदामा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण विषयमा रहेको छ । ४ नम्बरभित्र बुनपाका धेरै क्षेत्रको सार्वजनिक जग्गा संरक्षणका १० वटा शीर्षक रहेको छ ।
१. बुनपा १३, ढुंगापाखा पार्क १० लाख
२. बुनपा १३ निजामति पार्क ५ लाख
३. कामनपा ७, भण्डारखाल मुनीको पनिको टोल २० लाख
४. कामनपा ७ विपि चोक ५ लाख
५. बुनपा १२, बालुवाखानी डिठ्ठाचौर(२० रोपनी जग्गा) २ करोड
६. बुनपा १२ बालुवाखानी चोक ५ लाख
७. बुनपा १०, शान्तिदीप पार्क १० लाख
८. बुनपा ११, राधाकृष्ण मन्दिर पार्क १० लाख
९. बुनपा ११ कुमारी मार्ग(ड्याफोडिल स्कूल अगाडि)
१०. कामनपा ७, कुमारी चौर १० लाख
(उल्लेखित शीर्षकहरुका लागि शहरी विकास मन्त्रालयले यसै आ ब मा कार्यान्यन गर्न आवश्यक प्रकृया अगाडि बढाउने भनेर आदेश दिएको छ । )
शहरी विकास मन्त्रालयबाटै यसैवर्ष आवश्यक प्रकृया अगाडि बढाउने भनेर तोक लागेको अर्काे १ नम्बर बुँदा हो । यस बुँदा मा कमलपोखरीभित्रको उद्यान, वृक्षारोपण, खेलक्षेत्र तथा सोलार बत्ति जडान गर्नका लागि रु. ३० लाख माग गरिएको थियो ।
सांसद गगन थापाले शहरी विकास मन्त्रालयमा पठाएको पत्रमा रहेको बुँदा नंबर २ र ३ लाई पनि कार्यक्रम तत्काल अगाडि बढाउने आदेश दिएको छ । यी बुँदाहरुमा सम्पदा संरक्षण र गुरुयोजनाका कार्यक्रमहरुअन्तर्गत नागपोखरीदेखि नक्सालसम्मका सांस्कृतिक सम्पदालाई संरक्षण र प्रबर्धन र चाबहिल चारुमती विहारलगायत सांस्कृतिक सम्पदाको संरक्षणको विषय रहेको छ ।
गगन थापाको शहरी विकासका लागि पठाएको योजना थप गरी कार्य सम्पन्न गरिदिने बारे नामको पत्रको ६ नम्बर बुँदामा मैतीदेवी मन्दिरस्थित भोजघर पूर्ननिर्माण लागि माग गरिएको १ करोड पनि तत्काल कार्य अगाडि बढाउने भनेर तोक आदेश लागेको छ ।
थापाले माग गरेको बुँदा नम्बर ५ को ठूलो बजेट भने आदेश भएको छैन । ५ नम्बर बुँदा धोवीखोल कोरिडर सांप्रेढुंगादेखि नौलिन भद्रकाली पुलसम्म ट्रयाक खोल्न तथा टेवा पर्खाल निर्माणका लागि भनेर २५ करोड माग गरिएको थियो । यो बजेट भने तोक आदेशमा परेको छैन ।
(हेर्नुस तोक आदेशसहितको सांसदगगन थापाले माग गरेको पत्र)