‘सिगलको उडान र समुद्रको स्पर्श’ नियात्रा विमोचित
कपन अनलाइन
काठमाडौँ: लेखिका गायत्री श्रेष्ठले लेख्नुभएको ‘सिगलको उडान र समुद्रको स्पर्श’ शीर्षक नियात्रा सङ्ग्रह आजदेखि बजारमा आएको छ ।
लेखिका श्रेष्ठले विभिन्न समयमा गरेका स्वदेश तथा विदेश यात्राको स्मरणलाई कृतिमा समावेश गरिएको छ ।
कृतिको स्वदेश खण्डमा मुक्तिनाथ, डडेल्धुरा, महाकाली, बन्दीपुरलगायत स्थान तथा विदेश खण्डमा जर्मनी, स्वीट्जरल्यान्ड, बेलायतलगायत मुलुकका भ्रमणका २० रचना समाविष्ट छन् ।आख्यानकार माया ठकुरीले कृतिको विमोचनका क्रममा असल नियात्राकारले वर्णन गरेको स्थानबाट पाठकले प्रशस्त ज्ञान र मनोरञ्जन लिनसक्ने बताउँदै पछिल्लो समय नियात्राको महत्व बढ्दै गएकाले यसलार्ई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई श्रीवृद्धिका लागि सो कृति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस