आज नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

आज नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

कपन अनलाइन 

काठमाडौँ १७ पुष । अंग्रेजी नयाँ बर्षको पहिलो दिनको अवसरमा आज नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालले आज माइतिघर मण्डलामा भेला भएर बानेश्वोरसम्म प्रभात फेरीको आयोजना गरेको थियो ।

‘हाम्रो सान हाम्रो पहिचान : नेपाली टोपी अभियान’ भन्ने नारासहित राजधानी लगायतका देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी नेपाली टोपी दिवस मनाउन लागिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।

विगत ३ बर्षदेखि मनाउँदै आएको टोपी दिवस यस बर्ष पनि निरन्तरता दिइएको उनले बताए पछिल्लो समय पश्चिमा सस्कृतिको प्रयोग बढेपछि नेपाली पहिचान जिवितै राख्न अंग्रेजी नया बर्षको पहिलो दिनलाई टोपी दिवसमा रुपमा युवाहरुले मनाउन शुरु गरेका हुन ।

दिवसका अवसरमा आज नेपाली राष्ट्रिय पोशाक दौरा, सुरुवालका साथै टोपी लाएर धेरैजसो मानिसहरु दैनिक काम शुरु गरेका छन ।

तपाइँको प्रतिक्रिया ।