साँसद कोषको धेरै बजेट सडकमा, दोस्रो प्राथमिकतामा शिक्षा
अछाम बाट कपन अनलाइन प्रतिनिधि एकेन्द्र महतको रिपोट
अछाम जिल्लावाट निर्वाचित साँसदहरुको प्रमुख प्राथमिकतामा सडक निर्माणका योजना परेका छन । २ वटै क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र साँसद विकास कोषको रकम सबैभन्दा बढी सडक निर्माणका योजनामा बिनियोजन गरिएको छ ।
जिल्लावाट प्रतिनिधीत्व गर्ने ३ जना साँसदले जिल्ला विकास समिती अछामलाई उपलब्ध गराएको तथ्यंक हनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास र साँसद विकास कोषको बजेट सडक निर्माणका योजनामा सबैभन्दा बढी ३ करोड ६२ लाख ७५ हजार बिनियोजन भएको छ । जिविसका ईञ्जिनियर लाल बहादुर बिष्टले दिएको जाँनकारी अनुसार सडक निर्माणका योजनामा १० लाख देखी ४० लाख सम्म बिनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम वाट क्षेत्रनम्वर १ मा ९ वटा सडक निर्माणमा बजेट छुट्याईएको छ भने क्षेत्रनम्वर २ मा १४ वटा सडकका योजना पास भएका छन । २ वटै क्षेत्रमा २५÷२५ योजनामा ६ करोड बिनियोजन भएको छ । क्षेत्रनम्वर १ मा १०÷१० लाखका दरले ९ वटा सडक योजना बनाइएको छ भने सबैभन्दा ठुलो रकम जनता क्याम्पस भवन निर्माणको लागी ४० लाख बिनियोजन भएको छ । यस्तै बिद्यालय भवन, स्वास्थ्य र खानेपानी लगायतका क्षेत्रमा गरि ३ करोड बाँडीएको छ । यता क्षेत्रनम्वर २ मा भने सबैभन्दा ठुलो योजना सडक तर्फ छ । कुईका चाल्सा बेल्खेत सडकको चाल्सा खण्डका लागी ४० लाख छुट्याईएको छ । यस्तै पिठिबान्ना बाँडा सडकका लागि २० लाख, सुवाखाँद खेतगैरा सडकका लागि १५ लाख र कालिकास्थानको नवदुर्गा भवन निर्माणका लागि १५ लाख छुट्याईएको छ भने बाँकी सबै योजनाहरुमा दश लाखका दरले बजेट बाँडिएको छ ।
जिल्लाका १३ वटै ईलाकाहरुका मुख्य बजार क्षेत्रमा सडकको पहुंच भईसकेपनि सबै गाविलाई सडक सञ्जालमा जोड्न सकिएको छैन । सडकनै गाँउको विकासको पहिलो आधार हुने भन्दै स्थानिय देखी नेता सम्मको प्राथमिकतामा सडकका योजना पर्ने गरेका छन । यस्तै सडकपछि शिक्षा क्षेत्रका योजना साँसदको दोस्रो प्राथमिकतामा परेका छन । जनता क्याम्पस बयालपाटाको भवन निर्माणका छुट्याईएको ४० लाख सहित शिक्षा क्षेत्रका बिभिन्न योजनाहरुमा एक करोड एक लाख ५० हजार रकम बिनियोजन गरिएको छ । साँसदहरुले बितरण गर्न पाँउने साँसद विकास कोषको ५० लाख रकममा पनि कम्तिमा १ लाख देखी १४ लाख सम्मका योजना छनौटमा परेक छन । उक्त रकमको परिधीभित्र पनि सडकले पहिलो प्राथमिकता पाएको छ भने दोस्रो प्राथमिकता शिक्षा क्षेत्रले पाएको छ ।
यस्तै मन्दिर निर्माण, सिंचाई कुलो, बिभिन्न मर्मतका योजना देखी एम्वुलेनस खरिद सम्मका योजना साँसद विकास कोषको बजेटभित्र अटाएका छन । आफ्नो साँसद विकास कोषवाट यस अगि बिनायक क्षेत्रका लागि एम्वुलेन्स किन्न सहयोग गरेकी साँसद जानकी साउद (रावल) ले यो वर्ष भने बिकट छविस क्षेत्रको भाटाकाटीया स्वास्थ्यचौकीका लागि एम्वुलेन्स किन्न १४ लाख रकम छुट्यायकी छन ।
अछामका ३ साँसदले जिल्लामा ७ करोड ५० लाख बरावरको निर्वाचन क्षेत्र पूर्वाधार तथा साँसद विकास कार्यक्रम अन्र्तगत योजनामा बजेट बाँड्न पाँउछन । २ निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्वर १ वाट एमाले उपाध्यक्ष भिम रावलले प्रतिनिधित्व गर्छन भने क्षेत्रनम्वर २ वाट पनि एमालेकै नेता भरत साउदले प्रतिनिधित्व गरेका छन । यस्तै नेकपा माओवादी केन्द्रवाट जाँनकी साउद (रावल) ले समानुपातिक कोटावाट ब्यावस्थापिका संसदमा