बाटो सबैले प्रयोग गरे भनेर गोपिकृष्णवासीले सडकमा खाल्डो बनाए
कपन अनलाइन, १४ साउन, २०७३
तस्वीरमा देखिएको यो खाल्डो कुनै सडक बिभाग ले खानेको खाल्डो होइन । यो तस्वीर गोपी कृष्ण हल पछाडीको बाटोको हो । यो बाटो यहाँ कै तथाकथित बुद्धिजिवी भनौँदाहरु यो बाटोबाट अरूले सवारीसाधन चलाए भनेर खाल्डो बनाएका हुन् ।
केही महिनादेखि सरस्वतीनगर को मुख्य बाटो मेलेम्ची खानेपानीको पाइप विस्तारका कारण बन्द हुँदा यो बाटोलाई प्रयोग गरिँदैआएको थियो । तर यस क्षेत्रका बासिन्दाहरूले यो बाटो धरै प्रयोग भयो भनेर बन्द गरेका हुन् । भएको बाटोलाई जानाजान खाल्डो बनाएर अबरुद्ध गरिने यस्तो हर्कतलाई तपाई के भन्नु हुन्छ । यो कपन जान र कपनबाट सहर पस्न सबै कपनबासी बढि प्रयोग गर्ने बाटो हो ।
तपाइँको प्रतिक्रिया ।