नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा विकास लामा निर्वाचित भएका छन् । लामाले बाह्रबिसेमा आज दिउँसो सम्पन्न अधिवेशन हरिशरण श्रेष्ठलाई हराएका हुन् । आज भएको दोस्रो चरणको निर्वाचनमा लामाका अर्का प्रत्यासी हरिशरण श्रेष्ठलाई १८ मतले पराजित गरेको निर्वाचन समितिले जनाएको छ । कुल खसेको ७३५ मतमध्ये लामाले ३७३ र श्रेष्ठले ३५५ मत पाएका थिए भने सात मत बदर भएको थियो ।
बुधबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । काँग्रेस विधान अनुसार सभापति निर्वाजित हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । त्यस्तै सचिवमा झलक नेपाल २०७ मत ल्याई विजयी भएका छन् । नेपालका प्रतिद्वन्द्वी भक्तध्वज बोहोराले २०१ मत प्राप्त गरे। यस्तै कोषाध्यक्षमा पासाङ दोङ २२३ मत ल्याई विजयी भएका छन्। उनले कालिका गोलेलाई पराजित गरेका थिए । जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सभापति विकास लामाले आफू गुट उपगुटमा नलागी पराजित भएको साथीलाई पनि सँगै लिएर अघि बढ्नेबताएका थिए ।