कपनमा घरेलु मदिरा नष्ट !! कपन प्रहरीले स्थानीयसँग ज्यादती गरेको गुनासो

कपनमा घरेलु मदिरा नष्ट !! कपन प्रहरीले स्थानीयसँग ज्यादती गरेको गुनासो

13514277_982830015164351_1220915653_n

कपन अनलाइन, असार ८, २०७३

महानगरीय प्रहरी प्रभाग कपनले कपनमा ठूलो परिणाममा घरेलु मदिरा नष्ट गरेको छ । जेठ ७ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १९ जगडोल र पैँयाटारमा विभिन्न स्थानबाट महानगरीय  प्रभागका प्रहरी नायब निरीक्षक श्यामलाल श्रेष्ठ सहितको टोलीले २००० लिटर कच्चा पदार्थ ६०० लिटर घरेलु मदिरा नष्ट गरेको बताइएको छ । प्रहरीले जगडोल र पैयाटारबाट स्थानीय तामाङ समुदायले बनाएर बिक्री गर्ने गरेको मदिरा नष्ट गरेको हो । यद्यपि तामाङ समुदायको संस्कारगत मान्यतामा मदिरा बनाउनु सामान्य कुरा भएकोले प्रहरीले ज्यादती गरेको स्थानीयवासीको गुनासो थियो । प्रहरीले मदिरा नष्ट गर्नुको साथै मदिरा बनाउने भाँडो र मदिरा बनाउनेलाई पनि पक्राउ गरेको थियो । मदिरा बनाउनेहरूलाई समेत प्रहरीले समातेर अभद्र व्यवहार गरेको प्रति स्थानीय राजनीतिक दलहरू समेत बेखुशी रहेको बताइएको छ । एक स्थानीय राजनीतिक दलका नेताले प्रहरीले माथीको आदेश भन्दै कतिपय पटक स्थानीयसँग गैरजिम्मेवार व्यवहार गर्ने गरेको बताएका छन् ।

फोटो: श्याम श्रेष्ठ

13510626_982830665164286_1501785412_n 13487586_982830398497646_625446286_n 13521173_982830178497668_1838490755_n

 

तपाइँको प्रतिक्रिया ।