रोक्का, संगत र चालिसेको पहलमा बाथरोग शिविर सम्पन्न

रोक्का, संगत र चालिसेको पहलमा बाथरोग शिविर सम्पन्न

IMG_0122

कपन अनलाइन, जेठ ३०, २०७३

बुनपा १४ मा रहेको नवदुर्गा स्वास्थ्य केन्द्रमा बाथरोग शिविर सम्पन्न भएको छ । पछिल्ला समयमा निकै ठूलो प्रकोपको रुपमा देखिन थालेको बाथरोगका बारेमा हालसम्म शिविर सञ्चालन हुने नसकेकोमा नेसनल बाथरोग सेन्टरको सहभागितामा सो शिविर संचालन गरिएको थियो । समाजसेवी तथा सारा मिसनका प्रमुख तेज रोक्का, समाजसेवी श्यामकृष्ण संगत र समाजसेवी तथा नवदूर्गा स्वास्थ्य केन्द्रका सुनित चालिसेको पहलमा सो कार्यक्रम आयोजना गरिएको थियो । शिविरमा करिब १०० जनाले बाथरोगका पत्ता लगाउन रगत चेकअप, बाथरोगका बारेमा जानकारी तथा बाथरोग न्यूनिकरणका निशुल्क औषधिहरु उपलब्ध गराइएको थियो । क्यानडाबाट विशेषरुपमा मगाएको मल्टिभिटामिन तथा क्याल्सियम पनि निशुल्करुपमा बाँडिएको थियो । बाथरोग पत्ता लगाउन लिइएको रगत जाँचको रिपोर्ट सोमवार अपरान्ह वितरण गरिनेछ । यसखाले बाथरोग शिविर काठमाडौं क्षेत्र नं. ४ मा ४ ठाउँमा आयोजना गरिने आयोजकले बताएको छ ।

IMG_0112

तपाइँको प्रतिक्रिया ।