भोलि सुजाता र विराजले कपन संगीत सरोवरको मञ्चमा अम्बर गुरुङलाई सम्झने
कपन अनलाइन, जेठ २८, २०७३
कपन क्षेत्रमा सबैभन्दा सक्रिय रहेको कपन संगीत सरोवरले जेठ महिनाको कार्यक्रममा हालै दिवंगत भएका वरिष्ट संगीतकार अम्बर गुरुङमा समर्पित रहने कार्यक्रम आयोजना गर्ने भएको छ । भोलि जेठ ३० गते शनिवार साँझ ५ बजे हुने नियमित ११५ औँ श्रृंखलामा युवा शास्त्रीय गायिका सुजाता वर्मा र युवा तबलावादकले अम्बर गुरुङमा समर्पित प्रस्तुति दिने कलाकार विराज पोखरेलले बताए । कपन संगीत सरोवरले १० वर्षदेखि नियमित शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले गत महिना बुनपा १८ स्थित बगलामुखी मन्दिर परिसरमा रहेको डबली उद्घाटन गरेको थियो । यस संस्थाले सोही डबलीमा हरेक दिन बिहान संगीत प्रशिक्षणको कार्यक्रम आयोजना गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया ।