आरोही, अस्पताल र पराकम्पन

आरोही, अस्पताल र पराकम्पन

new photo
-समिर गिरी

२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले हजारौको ज्यान गयो कैयौ टुहुरा र परिवारविहिन भए लाखौ घरवार विहिन भए । म आफ्नो अध्ययनको शिलशिलामा काठमाण्डौमा थिएँ भुकम्प आएको एकैछिनमा घरबाट फोन आयो गाउँमा कुनै घरहरु बाँकी थिएनन् धेरैको ज्यानै गएको थियो । मेरो बुवा घाइते हुन भएको थियो म तत्काल हिडेर घर गए भोलिपल्ट बुवालाई ल्याएर शिक्षण अस्पताल महाराजगंज आकस्मिक कक्षको बेड नंम्बर ३३ मा भर्ना गरियो त्यसको भोलिपल्ट जोखिम कम भएपछि ओ.पि.डी. कक्षमा सारियो । तर कति दिन बस्नुपर्ने थाहा थिएन बेला–बेलामा डक्टर र नर्सहरु चेकजाँच गर्न आइरहन्थे त्यसमध्ये एउटी नर्स अरुभन्दा बढी नै आउने गर्थी गोरो बाटुलो मुहार सुहाउँदो जिउडाल अनि मिलेका दन्ते लहर ऊ प्राय मुस्कुराइरहेकी हुन्थी । पछि परिचयपछि थाहा पाएको थिए नाम आरोही रेग्मी घर पाल्पा म उसँग विस्तारै कुराकानी गर्न थालेको थिए उ पनि विस्तारै मसँग खुलेर बोल्ने भएकी थिई ।

म निराश भएर बुबाको वेड छेउमा घोत्लिएर बसिरहेको हुन्थ्ये उ आएर सम्झाउथी सहानुभूती प्रकट गर्थी उसँग चिनजान भएको एक हप्ता पनि भएको थिएन । तर यति आत्मिय लाग्न थालेकी थिई उ डयुटीमा आउँदा मेरो लागि खाना समेत बनाएर ल्याइदिने गर्न थालेको थिई म पहिलोपटक कुनै केटीसँग यतिधेरै नजिकीएको थिए उसँग भेटेको १५ दिनमा नै बर्षाैदेखिको सम्बन्ध जस्तो आभाष हुन थालेको थियो । म सँधै निराश भएर बसेको देखेर कहिलेकाही ऊ मलाई बाहिर लिएर जान्थी केही समय बाहिर घुमेर कुराकानी गरेपछि उ घरतिर लाग्थी । म बुवाको लागि फलफुल लिएर बुवाको वेडतिर लाग्थे । यसरी एकातिर दिनप्रतिदिन आरोहीसँगको सम्बन्ध गहिरिदै गइरहेको थियो भने अर्कोतिर बुबाको स्वास्थ्यमा सुधार आइरहेकोले डिस्चार्ज हुने दिन नजिकिदै थियो यतिकैमा हस्पिटल भर्ना भएको २२ औँ दिन बुवाको डिस्चार्ज भयो । तर म खुसी थिइन । हस्पिटल आउँदा बुवा विरामी हुनुहुन्थ्यो फर्किदा म विरामी भएको थिए मनको विरामी । जसको उपचार आरोही बाहेक विश्वमा कुनै डाक्टर र नर्सहरुबाट सम्भव थिएन ।

म हस्पिटलबाट बुवालाई लिएर निस्के आरोही एकोहोरो हेरिरहेकी थिई ऊ केही बोलीहरेकी थिइन । तर उसका आँखाहरुले सबैकुरा भनिरहेको थिए । बुवालाई हस्पिटलबाट डिस्चार्ज गरेपछि हामी झन् फोन र च्याटमा कुरा गर्न थालेका थियौ । भेटघाट पनि बाक्लिन थालेको थियो ऊ फोनमा कुरा गर्दा भेटदा सबैभन्दा पहिले बुवाको स्वास्थको बारेमा सोध्ने गर्थी । एकदिन एकाविहानै मोवाइलको रिङटोन बज्यो “यो देशमा अर्को एउटा बुद्ध पठाइदेउन” फोन आरोहीले गरेको थिइ उठाए भेट्न बोलाई ओसियन क्याफे ठमेल दिउँसो दुई बजे म क्याफेमा पुग्दा उ अगाडी नै आइपुगेकी थिइ कालो लङ्कोट कालै जिन्स अनि गुलावी कलरको मÇलर साँच्चै मन जति सुन्दर थियो शरिर बाहिर बाट पनि उतिकै सुन्दर थिइ यसरी कहिले कता कहिले कता भेट्ने क्रम बाक्लिदै थियो ।

म राजनिती प्रति लगाव राख्ने भएकोले उ व्यङग्य गर्दै भन्थी नेताहरुले गर्दा देशको यस्तो हालत भएको यी नेताहरु त्यहाँ पुल बनाउने वाचा गर्छन् ।  जँहा नदी नै हुँदैन म पनि के कम भन्थे डक्टर नि घाँटीको अप्रेसन गर्दा पाठेघर निकालेर फ्यालिदिन्छन । उ सबै त्यस्ता हुदैनन् भन्थी ।  म भन्थे सबै नेताहरु पनि त खराब हुदैन नि । ऊ हार मान्दै भन्थी भविस्यको नेता नै त पर्यौ तिमिलाई कुरा गरेर जित्न कस्ले सक्छ र बेलाबेलामा भुकम्पको पराकम्पन आइरहन्थ्यो उ आतिएर फोन गर्थी म हास्दै भन्थे यँहा मनमनै कत्रो पराकम्पन गइसक्यो तिमी भुकम्पको कुरा गछ्र्यौ उ दोहोर्याउथी केहीगरी म बदलिए भने तिमी के गछौ ? भन्थे तिमी बदलियौ भनेपनि म कहिल्यै बदलिन्न यदि म पनि बदलिए भने तिमी र म मा फरक के नै रहयो र ? फेरी सोध्थी मैले मेरो मनमा अरुलाई नै राखे भने ? म हाँसेर भन्थे तिम्रो मनमा बास माग्न आए भन्दैमा शरर्णाथी जस्तो व्यवहार गर्न पाइन्छ ? दिनहरु प्रेमिल बनिरहेको थियो । पानी पर्दा एउटै छातामुनी हुन्थ्यौ छड्के पानिले शरिर पुरै भिज्दा पनि उसको न्यानोपनले जाडोको कुनै महशुस हुदैन थियो उ हेलम्बु घुमाउन कहिले लैजाने भन्थी म पाल्पा कहिले लैजान्छयौ भन्थे ।

यतिकैमा भारतले अघोषित नाकाबन्दी लगायो एकातिर भुकम्पले क्षतविक्षत पारेको भौतिक संरचना अर्कोतिर भारतीय नाकाबन्दीले जनजीवन झन् अस्तव्यस्त भैरहेको थियो । दैनिक उपभोग्य सामानहरु अभाव हुन थाल्यो । इन्धनको चरम संकट पर्यो त्यसैले म गाउँ फर्किए । पुनः निर्माणको कार्यहरुमा व्यस्त हुन थाले त्यसैले आरोहीसँगको कुराकानी कम हुदै गइरहेको थियो एकदिन फोन गरी ।  घरमा विहेको कुरा चलेकाले विहे गर्न लागेको र त्यसमा आफुले मञ्जुरी दिएको बताई ।  म छाँगाबाट खसेजस्तो भएँ । मैले भने,  यस्तो संवेदशील कुरामा मजाक नगर त ।  तर उसले सबै यथार्थ नै भएको बताई,  मेरो बुवाआमाले आजसम्म मेरो लागि आफ्नो जीवन अर्पण गर्नुभयो म कसरी उहाँहरुको मन दुखाउन सक्छु जे जे भयो त्यो सबै विर्सिदेउ जिन्दगी भावनामा होइन यथार्थतमा जिउनु पर्छ । एकैपटकमा भनि म निराश भए जति छिटो सपनाको शिखर चढाई त्यति नै छिटो तल झारिदिई चित्त दुखाउने खेलमा माहिर रहिछे । एउटै प्रश्न आफैसँग उठ्छ जो आफुबाट टाढा हुन खोज्छ उसैलाई सम्झेर यो चित्त चाँहि किन दुख्छ ? गह्रौ मन लिएर फेरी काठमाण्डौ फर्किए । तर भीडहरुमा पनि एक्लो महशुस हुन थाल्यो कोलाहल पनि सुन्य लाग्न थाल्यो । जो विना म जीवनको एक पल पनि कल्पना गर्न सक्दैनथे । जोसँग जीवनका सुनौला सपनाहरु सजायको थिए आज उसैले नराम्रो सँग मुटुमा छुरा धसेर गई एउटा गितको याद आयो “उ जितेर गई, या हारेर गई नतिजा आफै तिर पारेर गई” मन बेचैन हुन थाल्यो । म कारण जान्न चाहन्थे उसको सँगै जिउने सँगै मर्ने बाचा कसम किन यति सजिलै सकियो ?

त्यसैले एकदिन उसको घरमै गए त्यहाँ मानिसहरुको कोलाहलपुर्ण भीड थियो नजिकै गएर हेरे त्यहाँ आरोहीको लास थियो । उसले मसँग रुखो व्यवहार गर्नुको कारण बल्ल बुझे म प्रतिको उसको निश्चल प्रेमको छालहरुलाई बल्ल थाहा पाए तर मेरो अगाडी उसको लास थियो । जुन आँखाले सधै मलाई नियालीरहन्थे ती आँखाहरु अब सधैका लागि बन्द भएका थिए । जुन ओठको मुस्कानले सधै मलाई प्रेरणा र हौसला दिन्थ्यो ति ओठ अब कहिल्यै नखुल्लने भएका थिए । तर उ कति महान छे सधै दिनरात भोकप्यास नभनि आफ्नो इच्छा र चाहनाहरुलाई दबाएर सधै अरुको सेवामा समर्पित भई । आफनो मृत्युको बारेमा थाहा हुँदाहुदै पनि जीवनको अन्तिम क्षण सम्म पनि अरुको सेवामा लागिरहि मृत्युको मुखमा पुगेकाहरुलाई जीवन दिने ऊ आज आफै जीवन सँग हारेकी छे तर मेरो मनमा सधै राज गरिरहने छे । म उसँग बिताएका ती प्रत्येक पलहरुलाई म हृदयमा सधै सजाइरहने छु ।

तपाइँको प्रतिक्रिया ।