यतिखेर सुशिल कोइराला प्रम भएको भए उपेन्द्र यादव उपप्रम हुने थिए: पूर्व सभामुख सुवास नेम्वाङ

यतिखेर सुशिल कोइराला प्रम भएको भए उपेन्द्र यादव उपप्रम हुने थिए: पूर्व सभामुख सुवास नेम्वाङ

कपनअनलाइन/माघ -१६ / क्षेत्रीय अधिवेशनको संघारमा रहेको नेकपा एमाले क्षेत्र नं. ४ ले आज एक कार्यक्रमसहित भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  प्रमुख अतिथि पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वैकल्पिक पोलिटव्युरो सदस्य तथा उपत्यका इन्चार्ज सानु श्रेष्ठ, सांसद तथा केन्द्रिय सदस्य राजन भट्टराई, केन्द्रिय सदस्य टंक कार्की, केन्द्रिय सदस्य तथा काठमाडौँ इन्चार्जलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Uml_ktm4 (1)
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवासचन्द्र नम्वाङले विविध जटिलताहरु पार गरेर सम्बिधान जारी गरेको बताउँदै जेठ ३ गते संबिधान नबनेको भए संबिधान नबन्ने कुरा निश्चित प्रायः थियो भने । वर्तमान देशको अन्यौलताप्रति इंगित गर्दै नेम्वाङले मधेश आन्दोलनमा सबै पार्टी एक हुन नसकेको दृष्टान्तसहित यदि जेठमा सम्बिधान घोषणा नभएको भए साँच्चै देशले संबिधान पाउन गारो हुने बताएका थिए ।

Uml_ktm4 (2)

संबिधान तथा वर्तमान राजनीतिक परिस्थितिको बारेमा प्रशिक्षण दिने क्रममा नेम्वाङले संबिधानमा अंगिकृत नागरिकताका बारेमा बोल्दै भारतीय बुहारीले नेपालमा यसै संबिधानअन्तर्गत ५९३ भन्दा बढि नागरिकलाई नेपाल सरकारले दिएर प्रमाणित गरिसेकेको बताए । उनले एक प्रशंगमा यदि सुशिल कोइराला यतिखेर प्रम भएको भए उपेन्द्र यादव उपप्रधानमन्त्रि हुने कुरा जनाउँदै थिए पार्टी छाडेर फोरम बनेको अशोक राइलाई पटक पटक सम्झिए ।

कार्यक्रम चावहिलको एक पार्टी प्यालेसमा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रम क्षेत्रीय अध्यक्ष कुसुमकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रम क्षेत्रीय सचिव टीका पराजुलीले संचालन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।