नगर समितिमा कपनबाट सभापति, सचिव र कोषाध्यक्ष पदमा दावी
कपन अनलाइन /माघ -१६ / नेपाली कांग्रेसको नगर इकाई अधिवेशनअन्तर्गत बुढानिलकण्ठ नगरपालिका नगर कमिटिमा कपनबाट बिभिन्न पदहरुमा दावी भएको छ । पछिल्लोपटक नगर कोषाध्यक्षमा नवराज खनालले दावी गरेपछि पदाधिकारीमा कपनको दावी धेरै देखिएको हो । बुढानिलकण्ठ नगरपालिकामा जनसंख्याको आधारमा सबैभन्दा धेरै क्षेत्र ओगट्ने कपनमा रहेको ५ वटा वडाहरुले बुढानिलकण्ठ नगरमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको छ । नेपाली कांग्रेसको अधिवेशनमा पनि कपनले नगर कमिटिमा गरेको दावी देख्दा कपनको भूमिका उच्च रहने देखिन्छ ।
तरुण दलमा लामो समय सक्रिय रहेका नवराज खनाल कपनका अत्यन्त सक्रिय नेका युवा नेता हुन् । कपन गाविस छँदा इकाई कोषाध्यक्षसमेत रहेका खनाललाई कपनमा विक्रम नामले चिनिन्छ । कपन क्षेत्रबाट यसअघि नै सभापतिमा राजाराम बुढाथोकी र केशवराज पाठकले उम्मेदवारी घोषणा गरेका छन् भने नगर सचिव पदमा बद्रि भट्टराई र मनोज सिग्देलले दावी गरेका छन् ।