एमालेको क्षेत्रीय अधिवेशन चैत्रमा

एमालेको क्षेत्रीय अधिवेशन चैत्रमा

कपन अनलाइन  / माघ -८ / एकवर्ष अगाडि देखिनै चर्चामा आएको तर पटक पटक विभिन्न कारण देखाउँदै माथिल्लो नेतृत्वका स्वार्थका कारण स्थगित गरिएको नेकपा एमाले काठमाडौं क्षेत्र नं. ४ को अधिवेशन आज बसेको क्षेत्रीय बैठकले २०७२ चैत्र १३ र १४ मा गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा हामीले क्षेत्रीय उपाध्यक्ष लक्ष्मी संग्रौलालाई सामाजिक सञ्जा फेसबुक  मार्फत आसन्न अधिवेशनका बारेमा जिज्ञासा राखेका थियौं  ।

Ktm_4
कपनअनलाइन ः अधिवेशनको मिति तय गरिएको हो ?
हो । आउँदो चैत्र १३ र १४ गते अधिवेशन गर्ने गरी मिति तोकिएको छ ।
कपनअनलाइन ः पटक पटक मिति सरिरहेको छ । यसपालि तोकिएको समयमै अधिवेशन हुनछ भन्नेमा कसरी विश्वस्त हुन सकिन्छ त ?
गत वर्ष त पछिल्लोपटक भूकम्पका कारण स्थगित भएको हो । यसपालि माथिल्लो कमिटिको सर्कुलेसन  आधारमा समेत मिति तय गरिएकोले प्राकृतिक प्रकोप बाहेकको वा काब’ बाहिरको अवस्थामा बाहेक अब अधिवेशन सर्दैन ।
कपनअनलाइन ः आफ्नोअनकुल   समय बनाउन नियोजित रुपमा अधिवेशन सर्ने   गरेको आरोप पनि त तपाईंहरुलाई लाग्दै आएको छ नि ?
त्यस्तो होइन । बाहिर के आयो ? त्यो सत्य नहुन  सक्छ । तपाईं पत्रकारहरुले सत्य तथ्य बाहिर ल्याउनु  पर्छ  । तत्कालीन अवस्थामा पहिलो पटक अञ्चल कमिटीको निर्देशनले, दोस्रो पटक नवौं महाधिवेशनका कारणले र तेस्रो पटक भूकम्पका कारण रोकिएको हो ।
कपनअनलाइन ः अधिवेशनमा दुइ  वा त्यो भन्दा धेरै गुट र उपगुटका बीच नेतृत्व प्रतिस्पर्धा हुने सम्भावना कत्तिको दख्न’ह’न्छ ?

अहिले त्यस्तो अवस्था देखिदैंन । तर पनि आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रुपमा लिइनहुन्  भन्ने मलाई लाग्छ ।
कपनअनलाइन ः तपाईं पनि एकल अथवा कुनै गुटबाट उम्मेदवार बन्दै हुनुहुन्छ  कि ?

गुट  त महाधिवेशनपछि सक्किइसक्यो । तर प्यानल बन्न सक्छ । म साथीहरुसँग छलफल गर्दैछु । मेरो सिद्धान्त भनेको एक व्यक्तिले एक कार्यकालमा आफ्नो क्षमता देखाउनुपर्छ । कुनै पद अमुक  व्यक्तिको पेवा हुनसक्दैन । नेतृत्व,विकास, सिधान्त  र  आफ्नो क्षमता देखाएका  कार्यकर्ताले अवसर पाउनुपर्छ भन्ने नै हो ।

कपन अनलाइन ः अघिल्लो अधिवेशनको पराजय सहन नसकेर केही पंक्तिहरुले पार्टी नै परित्याग गरे । यसपालिको अवस्था कस्तो देख्नु हुन्छ  ।
अँ …. त्यस्तो अवस्था अब हुदैन । समय त्यस्तो छैन । तथापि अब हामी सबै नेता कार्यकर्ता एक तह पदोन्नति हुनुपर्छ  भनने अभियानमा म छु ।

तपाइँको प्रतिक्रिया ।