बुनपा नगर सभापतिमा राजाराम बुढाथोकीको दावी !!!

बुनपा नगर सभापतिमा राजाराम बुढाथोकीको दावी !!!

कपन अनलाइन/माघ ८,२०७२
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनको सरगर्मी चरमोत्कर्षमा पुगिरहेको बेला यतिबेला इकाई स्तरीय अधिवेशनको तयारी चलिरहेको छ । गाउँ तथा नगर कमिटिको अधिवेशन माघ १५ देखि शुरु हुने क्रममा काठमाडौं क्षेत्र नं. ४ मा को को आउने वा जित्ने विषयमा कसरतका अन्तिम प्रयासहरु चलिरहेको छ । जनसंख्याको हिसाबले देशकै सबैभन्दा ठूलो नगरपालिका बुढानिलकण्ठ नगरपालिकाको नेका सभापति को हुने विषयमा पनि चर्चा परिचर्चा शुरु भएको छ । काठमाडौं क्षेत्र नं. ४ र ५ मा फैलिएको यस नगरपालिकाको ठूला हिस्सा क्षेत्र नं. ४ मा पर्ने भएकोले सभापतिमा क्षेत्र नं. ४ का व्यक्ति बन्ने कुरा दुईमत छैन ।

वडाकै अधिवेशनको सरगर्मी चलिरहेकाले अहिलेसम्म नगरकमिटि छायामा परे पनि विस्तारै नगर कमिटि तथा नगरमार्फत बुथ सदस्य को बन्ने विषय पनि चर्चा हुन थालेको छ । बुढानिलकण्ठ नगरपालिकाभित्र करिब १३५० नेपाली कांग्रेस क्रियाशिल सदस्यहरु रहेका छन् । यति ठूलो नगरपालिकाको सभापति को हुने भन्ने विषयले भावी स्थानीय निकायमा नेकाको प्रतिष्ठाको विषय गाँसिने भएकाले नगरमा क्रियाशिल नेतृत्व गर्न सक्ने व्यक्ति सभापति हुने कुरा दुईमत रहेको छैन । यद्यपि यो पदमा हालसम्म थोरै व्यक्तिले मात्र चासो राखेको पाइन्छ यसको कारण नगर अधिवेशन हुन्छ वा हुन्न भन्ने विषय अझै अन्यौलमा नै छ ।

311449_108195255953511_5227342_n
बुनपा नगर सभापतिका लागि कपन निवासी लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा क्रियाशिल राजाराम बुढाथोकीले दावी गरेका छन् । बुनपा कार्यालयमा सर्वदलीय प्रतिनिधित्वसमेत गरिरहेका बुढाथोकी विकासप्रेमी नेताको रुपमा चिनिन्छन् । लामो सयम तत्कालिन कपन गाविसको इकाई सभापति बनेर संगठनमा काम गरेका बुढाथोकी गाविसछँदा पनि गाविसका बिभिन्न समितिमा बसेर काम गरेका थिए । १२ औँ महाधिवेशनमा कपन इकाई सभापति पराजित भए पनि विकास तथा संगठनका कार्यमा उनी अत्यन्त सक्रिय थिए । उनी नगर सभापतिमा दावीसहित बुनपा वडा नं. १९ बाट बुथ प्रतिनिधिको रुपमा चुनिन लागेको छन् । बुनपा वडा नं. १९ मा हालसम्मको अवस्थामा उनी सर्वसम्मत बुथ कमिटि सदस्य बन्ने पक्का भैसकेको बताइन्छ ।

बुनपा नगर सभापतिमा कपनका राजाराम बुढाथोकी सहित महाँकालका पूराना नेपाली कांग्रेस नेता गणेश कोइरालाले दावी गरेका छन् । नेका तत्कालिन माहाँकाल गाविसको संगठनमा लामो समय काम गरेका कोइरालाले कपन अनलाइनसँगको टेलिफोन सम्पर्कमा आफू नगरसभापतिमा दावी गर्ने बताए तथापि उनी इकाइको बुथमा आफूलाई सर्वसम्मत बनाउने कसरतमा छन् ।

तपाइँको प्रतिक्रिया ।