कापी र किताब साथी : वन्दना पौडेल
कपन अनलाइन
काठमाडौं कात्तिक २२।
कापी मेरो साथी हो, किताब मेरो ज्ञान,
अक्षरभित्र भेटिन्छ यहाँ, जीवनको पहिचान ।
पानापाना पल्टाउँदा, नयाँ संसार देख्छु
अँध्यारोमा ज्ञानको दीप, मनभित्रै भेट्छु ।
कापीमा म लेख्दै जान्छु, मनका मीठा कुरा,
किताबले भन्छ मलाई, ज्ञान लक्ष्यतिरका पूरा ।
गल्ती हुँदा सच्याउँछ, असल बाटो देखाउँछ,
हार्न लाग्दा हिम्मत दिई, अघि बढ्न सिकाउँछ ।
बिहानीको सुनौलोमा, ज्ञानको उज्यालो हुन्छ,
किताबसँग बिताउने समय, जीवनभरि फल्छ ।
गुरुका मीठा शिक्षालाई, कापीमा सजाउँछु,
पढ्दै, लेख्दै, सिक्दै जाँदा, भविष्य आफैँ बनाउँछु ।
धनभन्दा ठूलो सम्पत्ति, यहाँ ज्ञान रहेछ भन्ने,
किताबले नै सिकाउँछ, सत्य बाटो छान्ने ।
कापी मेरो कर्मभूमि हो, किताब मेरो साथी,
यी दुईलाई साथ लिएर, पूरा गर्छु चाहना माथि ।
परीक्षाको डर लाग्दा पनि, साथ कहिल्यै छोड्दैन,
अलमलिएको मनलाई पनि, सही बाटो मोड्दैन ।
हरेक पानामा सपना छन्, हरेक अक्षर आशा,
कापी–किताबसँगै बढ्छ, जीवनभरको भाषा ।
कहिले इतिहास त कहिले विज्ञान पढाउँछन्,
कहिले कथा–कवितामार्फत, भावनाहरू जगाउँछन ्।
देश बुझी संसार बुझी मानिस चिन्न सिकाउँछन्,
ज्ञानको ठुलो आकाशमा उड्न मलाई सिकाउँछन् ।
सानो छँदा अक्षर चिन्ने, पहिलो आधार यिनै,
ठूलो हुँदा लक्ष्य छान्ने, बलियो विचार यिनै ।
मेहनतलाई साथी बनाई, अघि बढ्ने मेरो प्रेरणा,
कापी–किताबले दिन्छन् मलाई, सफलताको चेतना ।
पुस्तकालयका ती पानामा, कति संसार लुकेका,
महापुरुषका जीवनगाथाका, कति पाठ बनेका ।
पढ्ने बानी बसाले र ज्ञानको ज्योति बालौँ,
कापी–किताब साथी बनाई, सुन्दर भविष्य बनाऔ ँ।
जति पढ्छु उति लाग्छ, ज्ञानको सीमा छैन,
जति सिक्छु उति बुझ्छु, सिकाइ कहिल्यै भइन्
जीवनको अन्तिम यात्रासम्म, साथ यिनै रहून्,
कापी र किताबले नै मेरा सपना सफल बनून् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
