गजल : लक्ष्मी स्मृति
कपन अनलाइन
काठमाडौं असोज २०।
अझै पनि खै देशभक्ति ओकल्न नसकेको ।
किन यी नेता संविधानतः चल्न नसकेको ।
युवा जति सबै खाडिमा पसिना चुहाउँछन्,
कसरि भन्छन् यता अन्न फल्न नसकेको ।
मेची दुख्छ घरी यता,उता घोच्दछ काली,
जस्को हात छ किन मलम दल्न नसकेको ।
कानून बन्यो उचनिच उस्तै छ व्यवहारमा,
कति नियाल्नु अझै समाज ढल्न नसकेको ।
घिनलाग्दा चित्र मात्रै देखिन्छन् स्मृतिमा,
तिखा¥यो जति यो बुद्धिलाई छल्न नसकेको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
