बुढानिलकण्ठका सामुदायिक विद्यालयको अवलोकनमा शिक्षा मन्त्रि पोखरेल,शैक्षिक सुधारको प्रतिवद्धता
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ३ ।
नेपाल सरकारका शिक्षा, युवा तथा खेलकुद मन्त्रि सस्मित पोखरेलले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुको अवलोकन गरेका छन।
सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार र अवस्थाको वास्तविक अध्ययनका लागि स्थलगत अभियान शुरु गरेका मन्त्रि पोखरेलले बुढानिलकण्ठ नगरपालिकाका ८ वटा विद्यालयमा पुगेर विद्यार्थी , शिक्षक तथा सरोकारवाला पक्ष संग अन्तरक्रिया समेत गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ५ का प्रातिनिधि सभा सदस्य समेत रहेका मन्त्रि पोखरेलले बाल विकास समाज आधारभूत विद्यालय, पन्चकन्या मावी, बुढानिलकण्ठ मावी, आत्म विकास आधारभूत विद्यालय, श्री राम आधारभूत विद्यालय, मदन आश्रित आदर्श मावी , भद्रकाली आधारभूत विधालय र गणेश मावीक स्थलगत अवलोकन गर्दै अन्तरक्रिया गरेका थिए।
सो अवलोकनका क्रममा मन्त्री पोखरेलले विद्यालयको अवस्थाबारे स्थलगत जानकारी लिएपछि उठाइएका समस्या तथा आवश्यकताका विषयमा आफ्नो तहबाट सक्दो समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


