गीत : प्रीति कौर

गीत : प्रीति कौर

कपन अनलाइन
काठमाडौं साउन १०।
तिमीले साथ छोड्दा पलपल मरेको छु
आँसु बनेर नै यी आँखाबाट झरेको छु
तिमीले साथ छोड्दा पलपल मरेको छु

तिमी त रमायौ पराईको हात समाएर
मसंग टाढिने हजार बहाना बनाएर
सधैं–सधैं बिछोडको रापले जलेको छु
तिमीले साथ छोड्दा पलपल मरेको छु

समयसंगै विगत कहाँ मेटाउन सकेँ
औँसीमा जूनलाई कहाँ भेटाउन सकेँ
कहिल्यै पूरा नहुने कहानी बनेको छु
तिमीले साथ छोड्दा पलपल मरेको छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।