डढेको साग : अनिता ढकाल (लघुकथा)

डढेको साग : अनिता ढकाल (लघुकथा)

कपन अनलाइन

काठमाडौं ,साउन २।

बिहान आफु  र आफ्नो श्रीमान अफिस जानुपर्ने भएकोले हतार हतार गर्दे सरु भान्सामा तयारी गर्न थाल्छिन् । बैंकको जागीरे सरु मनमनै सोच्न थाल्छिन थकित शरीर भएपनि रातभरी भान्सा सफा गरेर सुत्यो तर बिहान उठन नपाउँदै भान्साको हालत हेरी नसक्नु पार्दिन्छन । घरमा परिवार भन्दा बाहिरको मान्छे लामो समय बसेपछि बुहारीले त सुखको सास पनि फेर्न नपाउने रैछ । नास्ताको तयारी सँगै घरको अन्य कामको चटारोले थकित हुन्छिन तर पनि उसलाई मदतको लागी कोही आउँदैन । खाना पकाउँदा पकाउँदै कामको बोझले साग पकाउँदा ह्वास डढेछ उनले मेसो नै पाइनन् ।
सासुले खाना पस्किन के लागेकी थिइन डढेको साग देखेर बुहारीलाई आँखा तर्छिन् । होइन तिम्रो माइतीमा खाना पकाउन नि सिकाएनन ? भन्दै सासु रमा रिसले भुत्भुताउँछिन् । सबै काम गर्दा गर्दे झुक्किएछु अवदेखि याद गर्छु भन्दै सरुले डराउँदै डराउँदै भन्छिन् । मुखले केही नबोलेकी रमा भित्र भित्रै रिसिएर छोरा बुहारी अफिस गएपछि ससुरा कालुरामलाई साग डढेको कुरा लगाउँछिन् । बेलुका अफिसबाट आएपछि रिसले चुर भएको कालुरामले बुहारी सरुलाई गाली गर्दे भन्छन कहिले तरकारीमा नुन कम हालेको छ कहिले साग डढाएको छ के षडयन्त्र छ तिम्रो यसमा ? हातभरी तरकारीको झोला बोकेर आएकी सरु ससुराको मुटु छेड्ने वचनले मन भारी पारेर टोलाइरहन्छिन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।