चार मुक्तक : राज बहादुर बडुवाल
कपन अनलाइन
काठमाडौं असार २१।
स्वर्गकि परी हौ अप्सरा रारा तिमी
गगनको टुक्रा एक धरा रारा तिमी
शब्दमा बयान गरेमा फिक्का हुन्छ,
मनमोहक अनुपम हराभरा रारा तिमी ।
स्वर्गकी परी एक जलधरा हौ तिमी
सौम्य प्रकृतिको अप्सरा हौ तिमी
मैले बयान गर्ने कुनै शब्द छैन तिम्रो,
कर्णाली समृद्धिको मुल जरा हौ तिमी ।
टल्किने,उत्ताउलिने गज्जबको बानी तिम्रो
स्वर्गको टुक्राझैँ देखिने निल निशानी तिम्रो
अनुपम प्रकृतिको छटाको बिचमा रहस्यमय,
भविष्य फुलाउने छ कर्णालीको पानी तिम्रो।
एक सुनौलो भविष्य हौ तिमि रारा कर्णालीको
अपार सम्भावना जीवन्त छ सारा कर्णालीको
कोसेढुङ्गा हौं आत्मनिर्भर पार्ने ढोका खोलेर,
मनमोहक, अनमोल चम्किलो तारा कर्णालीको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
