चार मुक्तक : नारायण नेपाल

चार मुक्तक : नारायण नेपाल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

भनेँ ओठ खोली अचम्मै छ बात
कता न कसो लौ दिनै पर्छ रात
छ यो चेत के हो र के नाइँ, किन्तु,
कता लान खोज्यो कता जान्छ हात ।

घटना र परिघटना नचिने र नि त हुन्छ
समयले गरोस् हुने नहुने अनि त हुन्छ
तिमी नसम्झ बाडुल्की लाग्यो भन्छ्यौ,
सम्झनाले बिर्सिन नदिने पनि त हुन्छ ।

खान सक्तिनँ काँचो कोला, पारो नतता
हुँडलिँदै पो छ गानु–गोला, पारो नतता
तेरो किच्किचको बादलको घेरो छैन कि,
पावा पछारेझैँ पछार्छु होला, पारो नतता ।

पितुर्के छ क्यार अनि ठुस्के छ क्यार
हाम्रा महाशयको मति छुस्के छ क्यार
शत्रुले मात्रै होइन मित्रले पनि भन्या सुनेँ,
जथाभावी बोलेर हैरान छ, खुस्केछ क्यार ।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।