चार मुक्तक : हरिभक्त सिग्देल ‘महेश’

चार मुक्तक : हरिभक्त सिग्देल ‘महेश’

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।
नेतृत्व अव कस्लाई दिऊँ नाम थाहा छैन
असल मान्छे कहाँ होला गाम थाहा छैन
जाली फटाहा भ्रष्टहरूको वगालमा छु म,
ईमान्दार नेता कहाँ होलान राम थाहा छैन ।

तिम्रालागि जत्ति पनि दुःखपिडा खेप्छु मता
पानाभरि तिम्रै कथा दिनभरी लेख्छु मता
सपना र विपना सब तिमी तिमी मय भयो,
तिम्रा दुःख दर्दहरू ज्यानै दिई छेक्छु मता ।

पल्लो घरमा आगो लगाई रमाउने छिमेकी
आफ्नै घरमा आगो लाग्दा भगाउने छिमेकी
अरुलाई हुने पीडा आफ्लाई पर्दा के हुन्छ ?
मित्रको दुःख पर्दा पनि कराउने छिमेकी ।

सम्मान लिन दिन सधैँ सुकर्म गर्नुपर्छ
पाएको अधिकार छिन्न कुकर्म गर्नुपर्छ
सम्मान दिने लिनेले कर्म हेर्छन् विवेकले,
साम्राज्य विश्वमा स्थापित गर्न उकर्म गर्नुपर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।