मुक्तकहरू : रुपक राई

मुक्तकहरू : रुपक राई

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।
१. आफू आदिकवी हुन मानिस
अरुलाइ घाँसी बनाइदिन सक्छ
आफू मालिक हुन मानिस
अरुलाइ दासी बनाइदिन सक्छ

२. आफ्नो कथा लेख्न मानिस
अरुको रगत मसि बनाइदिन सक्छ
यहाँ स्वादको लागि मानिस
अरुलाइ खसी बनाइदिन सक्छ

३. नियाल्दैनन् स्रोताहरू गलाको हर्कत
ध्यान छ गायकको सुनको सिक्रीमा
ए पुस्तकका ठेली रट्ने सुगाहरू भन
कहाँ हुन्छ र बौद्धिकता माक्र्सिट र डिग्रीमा ?

४. व्यक्तित्व निखारिन त समय लाग्दछ
दुनिया रमाएको देक्दछु अरुको मिमिक्रीमा
सामान बेच्नु त सामान्य कुरो भो
यहाँ स्वयम् मानिस पनि देख्दछु बिक्रिमा

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।