वृद्धका सकसको गर ख्याल : ढकाल शिखरनाथ बेलकोटे

वृद्धका सकसको गर ख्याल : ढकाल शिखरनाथ बेलकोटे

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

सर्वसार भवका इतिहास ।
ज्ञान हुन् सगुण दिव्य प्रकाश ।।
यी सुमार्ग वयका निधिभाल ।
वृद्धका सकसको गर ख्याल ।।१

शक्तिहुन् सकलका अभिमान ।
सभ्य साधक कृपा पहिचान ।।
छन् कल्मष भने पर फाल ।
वृद्धका सकसको गर ख्याल ।।२

सृष्टिनायक सुधीर सुवास ।
सन्त हुन् सकलका शुभमास ।।
शक्तिहीन नबनुन् र बिहाल ।
वृद्धका सकसको गर ख्याल ।।३)

भोक प्यास रहँदा दिन खान ।
औषधी समयको पहिचान ।।
सोध के छ यिनको नवहाल ।
वृद्धका सकसको गर ख्याल ।।४

भ्याग्य हुन् सदन सार विधाता ।
साधु साधक सुधारक पाका ।।
देवतुल्य गृहका सहकाल ।
वृद्धका सकसको गर ख्याल ।।५

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।