चार मुक्तक : शोभाकान्त रेग्मी
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
सुखदुःख यथार्थ त परेपछि थाहा हुन्छ
फाईदा घाटा हिसाब गरेपछि थाहा हुन्छ
देशको उन्नति प्रगतिमा वलिदान दिनु,
मानिसको योगदान मरेपछि थाहा हुन्छ ।
शिशु जन्मदै भाग्य आमाले लेखेर आउने भए
मर्ने तिथि मिति तोकेर काल लिन धाउने भए
के देख्न,भोग्न पाईन्थ्यो होला है यो जगतमा,
मृत्यु पछि सम्पत्ति साथैमा लैजान पाउने भए ।
दीर्घकालीन पेशा रोज्नुपर्छ, खराव पेशा छान्नु हुँदैन
श्रमजीवी बन्नुपर्छ, कर्म नगरी अभागी ठान्नु हुँदैन
लामो हात नगरौँ,बलबुताले आफ्नै पौरखमा रमाऔँ,
तत्काल प्रतिफल खोजेर जीवनमा हार मान्नु हुँदैन ।
दुःखको वेला के गरौं,कसो गरौं छट्पटी लाग्दो रहेछ
त्यो समय आफ्नो भएको आत्मबल पनि भाग्दो रहेछ
सुखदुःख नै जीवन हो कि ,होला मेरो भाग्यको नियति ?
मान माथी भुक्तमान थपिदिदा बितिष्णा जाग्दो रहेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
