चार मुक्तक : शैलेन्द्र थापा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
नेपाली पन बिर्सिएर कहाँ जाँदैछौँ
समस्या ती सिर्जिएर कहाँ जाँदैछौँ
गन्तव्य मा पुग्ने बाटो सधैँ बिराएर,
सोचौँ हामी तर्किएर कहाँ जाँदैछौँ ।
पसिनाको लगानी यो गरौँ माटोमा
निर्भर हुन्छौँ सधैँभरि डुकु आँटोमा
एकता र मेहनत ले मुलुक सिंगार्न,
सकिनेछ किन फेरि रम्ने फाटोमा ।
तिमी बिना दुनियाँ नै शून्य लाग्दछ
त्यसैले त तिम्रै पछि मन यो भाग्दछ
जहाँ साथ पाएँ तिम्रो बन्यो जिन्दगी,
सतक बाँचौँ मन भित्र रहर जाग्दछ ।
नहिँड भो छिमेकीको कुकुर भुकाएर
हुनु पर्ला रमिते त्यो औकात लुटाएर
सचेतता नअप्नाए पार्छ भड्खालोमा,
के फाइदा पछि आफ्नै चित्त दुखाएर।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
