गजल : शिव गैरे (असल)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
मलाई प्रेममा त्याग नभए मज्जा आउँदैन,
उनीलाई प्रेममा स्वार्थ नभए मज्जा आउँदैन ।
मैले उनको स्वार्थ पूरा नगरेकै दिन,
मलाई प्रेम गर्न उनलाई मज्जा आउँदैन ।
लेनदेनको प्रेमसँगै उठीबास भएपछी,
ऐलेनि प्रेममा खासै मज्जा आउँदैन ।
उनको जो जससँग जसरी प्रेम भए पनि,
स्वार्थले भरिएको प्रेममा मज्जा आउँदैन ।
पलपल तस्बिर हेर्ने लत परेको हो मलाई,
उनको स्वार्थी स्वभाव सम्झँदा मज्जा आउँदैन ।
प्रेम पनि बाँडीबाँडी हिँड्नेहरूसँग,
सँगै जिन्दगी जिउन पनि मज्जा आउँदैन ।
तुलोमा आफ्नो प्रेम जोख्नेहरूसँग,
दिलबाट प्रेम गर्न मज्जा आउँदैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
