म सम्झिन चाहन्न : यसोदा गिरी ( कविता )

म सम्झिन चाहन्न : यसोदा गिरी ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

तपाईलाई भुल्ने कुनै दिन छ भने
त्यो मृत्युको दिन हो
२४ घण्टाको त्यो अबधी
लोलाएको आँखा
निन्द्राले झुम्म पारे जस्तो
न ऐया भन्नु भयो न आथा भन्नु भयो
श्रीखण्ड र रक्त चन्दन लगाउदा
सितल महसुस गर्नु हुन्थ्यो
बेला बेलामा छोरी बुहारीले
आमा पानी खानुस भन्दा
अन्तिम घडी सम्म पनि
बाग्मती, साली नदि लगायत
सप्त नदिका जल पिलाइ रहे
जीवन शून्य हुँदै जादा पनि
तपाईंको कम सुन्ने कान
तिखा भएका थिए
न सन्तान आउदैछन भनेर पर्खिनु प¥यो
न भन्न केही बाकी रहेर तड्पन प¥यो
एउटा ईच्छा चाहिँ थियो तपाईं सङ्ग
छोरिहरु सधै मिलेर बसि रहुन भन्ने
२४ घण्टाको त्यो अबधि लोलाएका आँखा
मस्त निन्द्रामा परे जसरी
जति बेला खाना खाने बितिकै
एक छिन सुत्छु भन्नू हुन्थ्यो

निदाउनु हुन्थ्यो
हो त्यसै गरि गालामा हात राखेर
उतर दिशा फर्किएको अनुहार
त्यो अन्तिम क्षणको सास लिन लाग्दा
छेउ मै बसेका अर्ध बेहोसिका बुबा
साहिलो बुबाले छाम्दै गरेको नाडी
हतारले आएका भाइ भतिजहरु
आतिएका छोरी बुहारिहरु
बाहिर निस्कन हतार तपाईंको शरिर
अन्तिम सासको लागि
पर्खिरहेको तुलासा मोठ
अनि हजुरले लिनु पर्खी रहनु भएको अन्तिम सास
म सम्झन चाहन्न
हो आमा त्यो काहाली लाग्दो समय
म सम्झन चाहन्न

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।