सहिद तिमी : गंगा लिगल

सहिद तिमी : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

सहिद तिमी हौ अमूल्य कथा देशका
साच्चै तिमी हौ स्वर्णमय गाथा देशका
बिर्सने छैनौ हामी तिम्रा अनगिन्ती गुण
सम्झनामा आउछन् ती ब्यथा देशका ।

कति कति खेल्यौ होली रगतको
गएन त्यसै त सोली रगतको
राख्यौ नाम सदा जीवन्त पारी
स्थायित्व रह्यो है गोली रगतको ।

यो पुण्य भुमिमा दिब्यता दियौ
सदा नयाँ नयाँ सभ्यता दियौ
फलायौ हीरा मोतीहरू सदा सदा
अनि मानवमा प्रशस्त बाहुल्यता दियौ ।

देश बचाउने प्रबल सामथ्र्य दियौ
मानवतामा अनौठो परमार्थ दियौ
सक्दैन कसैले गर्न केही हस्तक्षेप
अग्रसरताको त यथार्थ दियौ ।

मानवको अंग अंगमा जोशभरी दियौ
सफलिभुत हुन होश भरी दियौ
होस्टेमा हैसे गर्ने आकांक्षा बढायौ
पद पदमा तिम्रो नामको कोष भरी दियौ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।