मनश्चक्षु : लोकनाथ पुडासैनी (लघुकथा)

मनश्चक्षु : लोकनाथ पुडासैनी (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,चैत २८।

“अघि नै पुग्नुपर्ने ! ढिला भइसक्यो । निक्लौँ ।” झोला कँद्यौरी हाल्दै सुब्बिनीले उर्दी गरिन् ।
“पर्दाको जन्ती, मर्दाको मलामी ! ठिकै हो । तर …,”
“के भनेकि तिमीले ? उहाँ त हाम्रो …,” पूर्णिकाको वाक्य पुरा नहुँदै सुब्बिनी गर्जिन् ।
“मरिने कुरा थाहा हुँदाहुँदै मुख छोड्ने बेलामा आँखा चिम्लेर मनपर्दी गर्ने ! खान्कीलाई दोष ! आफ्नो कमजोरी देख्न पर्दैन ? त्यस्ता मान्छेलाई नलागेको रोग कस्लाई लाग्छ त ?”
“पछि हामीलाई नै गाह्रो पर्छ । विपद्का बेलामा त्यसो नभन बहिनी !” सुब्बिनीले अनुनय गरिन् ।
“आफैँले निम्त्याएको व्यथा हो । हामीले हो र ? म चाहिँ जान्न ।कोको जान्छौ जाऊ । पूर्णिका फड्कार्रिन् ।”
“जानै पर्छ । हिँड ।”
पाखुरा समातेर सुब्बिनीले करबल गरे पनि इन्कार गर्दै पूर्णिकाले थपिन्
“आफ्नै लोग्ने भए पनि अबका जमानामा सतीचाहिँ गइँदैन दिदी !”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।