काठमाडौं क्षेत्र -४ मा आज `घण्टी यात्रा´, यस्तो छ रुट र समय

काठमाडौं क्षेत्र -४ मा आज `घण्टी यात्रा´, यस्तो छ रुट र समय

कपन अनलाइन

काठमाडौं,फागुन १६।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ मा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम आयोजना गरेको छ।
सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’सहित सञ्चालन हुने उक्त कार्यक्रम २०८२ फागुन १६ गते शनिबार तय गरिएको छ।
कार्यक्रमअनुसार बिहान ६:३० बजे पशुपतिनाथ मन्दिर परिसरबाट यात्रा सुरु गरिनेछ। त्यसपछि बेलुका  ४:१५ बजे बुढानीलकण्ठ हुँदै कपन, सुकेधारा, विशालनगर, बालुवाटार नवसाल हुदै  साँझ ५:१५ बजे मैतीदेवी क्षेत्रमा पुग्नेछ।
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सक्रिय सहभागितामा हुने यस ‘घण्टी यात्रा’मार्फत मतदातासँग प्रत्यक्ष भेटघाट, शुभकामना आदान–प्रदान तथा चुनावी एजेन्डा प्रस्तुत गरिने बताइएको छ।
<span;> काठमाडौं–४ मा चुनावी माहोल तातेका बेला रास्वपाको यस कार्यक्रमले क्षेत्रको राजनीतिक सरगर्मी थप बढाउने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रिया ।