“मोफसलको मसिहा, महासभाको मोहताज”

“मोफसलको मसिहा, महासभाको मोहताज”

-सूर्य नारायण श्रेष्ठ

चिया चौतारीहरुमातातो चिया सँगै कुराहरु पनिता–तातो पाकीरहन्छ त्यसैले त मोफसलमा चिया सिरिजनै विस्तार भईरहेछ । थुप्रै भेराईटीका मेनु, थरीथरीका नामले चिया पारखीहरुलाई सोखको चिया पाकीरहन्छ, जाडोयाम अनि तातो चियाको कम्बिनेसन अनि मोफसलका गफ सेलाउने स्टेसनले जक्सनहरु भिडभाड नै हुन्छन् आजभोली ।

त्यही भिडमा मसिहाको औराले सबलाई आकर्षण त गर्नेनै भयो , लवाई खवाई हिड्डा बस्दा सबको औरा नै दामदार । विभिन्न मेनुको वरण स्वाद र रसका कुरा सायद स्वादको पारखी हुनुपर्छ क्यारे चिया चौतारीमा पनि स्पेसल चिया नै अडर हुन्छ चौतारीको भेलाजो उसैको हो । त्यहाँ उनकै भाषण बिकथ्यो त्यसैले उसकै रोजाईको भान्सा अनि भान्से हुन्थ्यो । सबै चिन्ताको निधानत्यही तय हुन्थ्यो, जहाँमसिहाले छुमन्तर अलिअलि फु गरेरै सबै सम्झौता तय गर्ने निधान हुन्थ्यो र सन्जाल देखि बोलचाल सम्म सबलाई यहाँ भ्याईनभ्याइ छ सब आफ्नै आफ्ना छन् सब साथीभाई र नातागोता केलाई चाडपर्वमाझै सम्झीराछन् ।

सब मौकाको खोजीमा कुर्ली राछन् उही चिया पसलको मेनु बोकेर । महासभाको मोहताज बन्न कुण्डली  त बेक्र त सामान्य भईहाल्यो । कोही हतियार लुटेर, कोही लकर फोडेर आज भोली गाँउगाँउ डुल्दैछन् । त्यै कमजोर प्रशासनलाई अझै कति थिचोरने त्यो त महासभाले निर्णय गर्ला । त्यै महासभाको मोहताजहुन फेरि त्यै आगोमा झोसियको संविधानको बेचेकुचेका पानाहरुबाट आफ्नो अधिकार प्रयोग गर्दैछन् । हिजो जलाएपनि आज खरानी टकटकाउने  छन् ।
विज्ञापनको कुनै फरमुला हुदैन, कुन मालसामान बिक्ने भनेर त्यै पनि विज्ञानपन जोडतोडले बज्दछ विज्ञापन देखिनु र नदेखिनुले खरिद बिक्रीमा भने ठूलै असर पर्दछ सायद त्यै भएर होला चुनावी विज्ञापन मोफसलका स्टेसनहरुमा ठूलै स्वरले घन्कीरहन्छ । विज्ञापनकै सिलसिलामा गित कविताको पर्चा पनि जताततै टाँसिएका छन् । थरीथरीका प्रस्तावना देखिन्छन्, कुम्भमेलामा देखिने चट्क देखि चुट्किला सुन्निछन् । सामदाम दण्डभेद सबै अस्त्रको प्रभावमा महासभाको मोहताज हुन विभिन्न फण्डा प्रचारबाजी तलिन्न छन् ।

राष्ट्रिय देखि  अन्तराष्ट्रिय तत्वको घुलित रसायनको खोजतलास हुँदैछ । मोहताजको मोहमा रङ्गीबिरङ्गी प्रतिज्ञाहरु घोषणा भईरहेकै छ । मानौ विगतमात्यसले कार्यक्रमसिर्जना नै भएको छैन ।

विगतका कार्यक्रमको प्रतिज्ञाहरु कागजमा कुनैकवाड  खानामा धुलाम्य भईरहेका होलान । अघि हिड्दैछ पाइला मेटिदैछ । यँहा कोइ कसैलाई काम सघाउनेमा पाउदैनौ, आफ्नो लागीआफै लागिरहनु पर्छ, रोग, भोकको पिर सब आमजनताको भै गयो ।मसिहाको राष्ट्रियता मात्रै मुद्दा हुन्छ, अनेक फण्डा  जानेको छ र त महासभाको मोहताज भएको छ ।

गुण र दोषको विशेषता भन्दा बढी मसिहाको खोजीभइरेछ, फु गरेरै निधानको खोजी भइरेछ । कामको भन्दा प्रवचनको प्रचार भइरेछ मोफसलमा । यहाँ सजाय पश्चात निर्दोष साबित हुन्छ । भिडको राजनिति  बिक्ने समाजलाई मसिहाको गुनगानमै मस्त छ व्यस्त छ । महासभाको भोकमा ऐना सफागर्न गर्दैछन् मुहारको दाग मेट्न ।

मोहताजको भोकले कलिला सपनाहरु माथि उठाराघात हुन्छ, निर्दोषहरुलाई बलि चडाइन्छ, रगतको आहलबाट सहिदहरुको सपना बेचिन्छ, यसको जिम्मेवार कसैले नलिएपनि समयले हिसाब माग्ने छ ।

 

 

तपाइँको प्रतिक्रिया ।