भ्याली पब्लिक र फेरिल्यान्ड विजयी
भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार जित हात पारेका छन् ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भ्याली पब्लिकले काठमाडौं भ्यालीलाई १८–११ ले पराजित ग¥यो । भ्याली पब्लिककी सोनीमाया तामाङले ९ अंक जोडिन् । फेरिल्यान्डले निस्टलाई २४–१३ ले हरायो । फेरिल्यान्डकी रोमिका गौतमले १६ स्कोर गरिन् । दोहोरो जित निकालेको फेरिल्यान्डले अर्को खेलमा तेजस्वी एकेडेमीलाई २५–१७ ले पाखा लगायो । विजेताकी सन्दिपा राईले ९ अंक बटुलिन् ।
गल्र्समै क्यान्भास बसन्त ऋतुले किङडमलाई २५–१७, बौद्ध चिल्ड्रेन हेभेनले प्रारम्भ वल्र्डलाई ५५–४५, निस्टले टीआईएलाई २४–१७ र टीआईएले तेजस्वीलाई २१–१६ ले पन्छाए । क्यान्भासकी सायाका नेपालीले ७, बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङले १६, निस्टकी स्निग्दा दाहालले १४ र टीआईएकी शुभश्रीले ८ स्कोर गरे ।
ब्वाइजमा भ्याली पब्लिकले पारामाउन्ट एकेडेमीलाई ४०–३५ तथा न्युटनले ग्रिनल्यान्डलाई ३८–३३ ले पराजित गरे । भ्याली पब्लिकका रियान शेरचनले २१ तथा न्युटनका सविन राईले १६ अंक जोडे ।
