पाठ : प्रतिज्ञा प्रतिज्ञा (लघुकथा)

पाठ : प्रतिज्ञा प्रतिज्ञा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।

(मेहेलकुना सुर्खेत ।)
“घरबाट खासै निस्किनौ नि किन ?” धेरै समयपछि आफ्नो आँगनमा सरितालाई देखेपछि उनले भनिन् ।
“अँ घरमा काममै दिन बित्छ ।” उनले हल्का मुस्कान सहित उत्तर दिइन् ।
“माया गर्नेश्रीमान र बुझ्ने सासू ससुरा पाएकी भनेकी होइनौं र उनीहरूले सघाउदैन ?” सरिताले पुनः सोधिन् ।
“सघाउनु हुन्छ नि !” उनले शान्त स्वरमा भनिन् ।
“उसो भए तिमीलाई फुर्सद किन नभएको त ?” उनलाई निहाल्दै सरिताले प्रश्न गरिन् ।
“छोरीलाई पढाउने गर्छु ।” उनले यथार्थ खोलिन् ।
“छोरी त सानै छे स्कुलमा भर्ना गरिदिएपछि आफै पढिहाल्छे घरमा के पढ्नु पर्यो ?” सरिताले हाँस्दै भनिन् ।
त्यहीँ बेला सरिताको छोरा आएर झर्किदै बोल्यो ।
“कति कुरा जोत्नुपर्ने होला ! अहिले मलाई स्कुल जान ढिला हुन्छ !”
छोराको व्यवहारले सरिताको मन खिन्न भयो ।
उनले दृढ स्वरमा भनिन्, “स्कुलले अक्षर सिकाउँछ, घरले मान्छे बनाउँछ ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।