भार : प्रार्थना खनाल (लघुकथा)

भार : प्रार्थना खनाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
ऊ पुरानो विषय भन्दा आधुनिकतालाई समेट्छ । गाउँभन्दा सहरमा आएपछि उसका सबै दुःख पीडाबाट मुक्त होइन्छ भन्ठानी शहरमै घर बनाएर बसेको छ । तर, अल्पज्ञानले काम गरेन । उसले आफूभित्रको रोगलाई हटाउन नसकेको अवस्था छ ।
उसले मलाई भन्यो ऊ महात्मालाई भेट्न गयो । त्यहॉ पुगेपछि सबै दुःख पीड़ा हल हुने उपाय महात्माबाट प्राप्त गरिन्छ भन्ठान्यो रे । त्यसैले आफूभित्रका सबै पीडाहरू उनी समक्ष पोख्यो ।
महात्माले उनका सबैकुरा सुनेपछि अगाडि भएको ठूलो ढुङ्गो बोकी उनका साथै हिंड्न लगाएछन् ।
उसले महात्माले भनेको मान्दै हिंडे निकै समय भएपछि थाक्दै थचक्क बसे ।
पछि उनले महात्मालाई प्रश्न गरेछन् “कति गह्रौं भो कहॉ लैजाने यो ढुंङ्गोलाई, यसको के काम ?”
महात्माले जवाफ दिएछन्, ‘तिमीले आफ्नो मनमा यही ढुङ्गोझैं नचाहिने कुराहरू बोकेर हिंडेका छौ र त मनोरोगी भयौ । नचाहिँदो कुरा बोक्दाको असर बुझ्यौ ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।