चार मुक्तक : शोभा आचार्य गौतम
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
जीवनमा खुसी भन्दा ठूलो के छ अरु
झुपडी नै सहि चाँहिदैन महल बरु
कोलाहल हैन शान्तिका धुन बजुन्,
सत्कर्मको लागि जे गर्नु पर्छ गरुँ ।
झुपडी नै सहि चाँहिदैन महल बरु
कोलाहल हैन शान्तिका धुन बजुन्,
सत्कर्मको लागि जे गर्नु पर्छ गरुँ ।
आँसु मुल्यवान हुन्छ त्यसै कहाँ झर्छ
जब मनमा असह्य पीडा र चोट पर्छ
सहनशीलताले जब नाघ्छ पराकाष्ठा,
दुःखका बादल मडारिदैँ खुसी हर्छ ।
स्वस्थानी माताले हामी सबैको रक्षा गरुन्
सहनशीलता, क्षमा, प्रेम, करुणा भरुन्
खुसी, शान्ति जीवनमा महत्वपूर्ण कुरा,
सम्पूर्ण कष्ट, पिडा, रिस, राग घमण्ड हरून् ।
ईश्वरको नामले मनमा आनन्द आउँछ
जसले बुझेको छ, नाम जप्दै भजन गाऊछ
शान्तिले जीवनमा महत्वपूर्ण अर्थ राख्छ,
ईश्वर दर्शन गर्न मानव जहाँ नि धाउछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
