चार मुक्तक : जुना लम्साल
कपन अनलाइन
काठमाण्डौ ,माघ १७ ।
यो मन मुटु एक्लै पर्ला सोचेको थिएन
सधै भरी आँसु झर्ला सोचेको थिएन
मेरो मौनताले धेरै कुरा बलेको हुन्छ,
जीवनले यस्तो गर्ला सोचेको थिएन ।
सधै भरी आँसु झर्ला सोचेको थिएन
मेरो मौनताले धेरै कुरा बलेको हुन्छ,
जीवनले यस्तो गर्ला सोचेको थिएन ।
बोल्दा बोल्दै टाढा भयौ मैले हेरी रहे
यादहरूको अनेकौ किस्सा फेरी रहे
सुनाउनु थियो कत्ति कुरा सोध्नु पनि,
भरिएर यी आँखा आँसु बनेर घेरी रहे ।
उसका यादहरू यो दिलमा बसाएर के भो
मनको कुरा सबै मनसँग जताएर के भो
संगै भए दिलरुवा कति खुसी हुन्थे होला,
यहाँ आँसुलाई आँसु संगै सजाएर के भो ।
रंगवाली रङ्गीनले यहाँ तस्बिर बनाउँछन्
मौका मिल्योकि प्रहार गर्ने तिर बनाउँछन्
आफू स्वतन्त्र बनेर हिँड्दै छन् सबैतिर,
फेरी निर्दोसलाई बाध्ने जञ्जिर बनाउँछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
