हुँदैन के पो यहाँ : बासुदेव पौडेल (कविता )
सम्झौनी गणतन्त्र लोक जननी आफै छ नेपालमा ।
संबैधानिक राज्यका दिनबिते कुण्ठा तमासा गरि
राजर्षी पदश्री लजाइ रहनी टुक्का उखण्ड मुनि ।।
आफैं हुंँ गणतन्त्र लेक धरती आफ्नै सदिच्छा भयो
ब्यक्ती एक अनेक रङ रुपमा स्वार्थी घमण्डी बन्यो ।
सत्ता का सब श्रेष्ठ जेष्ठ पदमा पुग्ने भयो वासना
पार्टी स्वार्थ उमेरका विधि सबै भत्काउने चाहना ।।
हत्या वा षड्यन्त्र खै ?मदनका सत्ता थियो हातमा
नेपाली जनबाद घायल बन्यो नारा अझै माथमा ।
हिंसा संसद संविधान जगमा लज्जा लजाउन्न त्यो ।
सोझा यी जनता बिकल्प नहुदा हात्ती भन्यो स्यालको ।।
दोहोरो पद लोकतन्त्र हक यो नेतृत्वका माथमा
दोस्रो तागत आशमा बिगत झैँ पर्खाइ भो घाटमा ।।
टुक्का ट्वाक्क अचार मात्र चटनी भोको अघाउन्न यो
झेलाहा विधि ज्ञान चाल दलमा नेपाल रोगी बन्यो ।।
बारम्बार म एक भोट हकको उम्मेदवारी हुने
कस्तो रोग छ राजनीति पदमा लिस्नो सदा पिल्सने ।
पुस्ता यौवन दास मात्र उनका पुग्दैन नेतृत्वमा
भ्रस्टाचार सफाइमा सफलता हुँदैन के पो यहांँ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
