पञ्चाङ्ग : प्रधुम्न चालिसे ( कविता )

पञ्चाङ्ग : प्रधुम्न चालिसे ( कविता )

कपन अनलाइन

काठमाण्डौ,माघ १० ।

सबै खुसी हुन्छन् हितमा दाजै
उन्माद बढ्नेछ जितमा दाजै
कतै सत्कर्मको ख्याल भएन
मन्मा के पलायो मितमा दाजै
चुकेका अवश्य रीतमा दाजै ।

जाडोमा पनि काममा जुटेको छ हजुर
हातखुट्टा पटपट्ती फुटेको छ हजुर
काम गर्ने किसान देशका लागि भगवान्
सम्पूर्ण सन्ततिहरू जुटेको छ हजुर
खानामा त! मकै भट्ट भुटेको छ हजुर ।

मन वाणी शरीरले ईश्वरको भजन गर राम्रो
भगमान ! एकै हुन् छैन भिन्न नाम र थर राम्रो
लालनपालन भरणपोषण उनकै हुन्छ जिम्मा
परमात्मा साक्षी रूपमा हृदयमा बस्छ नर राम्रो
केवल प्रभु! इच्छामा पर्नु पर्छ हामीले भर राम्रो ।

दिनहुँ सुन्छु समाचार बाध्यताले
व्यक्ति पूजा छ धुवाँधार बाध्यताले
निष्ठाका कुरा भने हरायो सहेब
सत्यतथ्य भो पानीदार बाध्यताले
सत्तामा संख्याको व्यापार बाध्यताले ।

हुन्छ,समाज सुन्दर फुलबारी सबैमा सदाचार अहो
अहंभाव दिनानुदिन बढायो सबैमा कदाचार अहो
जीवनमा सर्वश्रेष्ठ भए मनुष्य बुद्धिको नै हो करण
भेदबुद्बि मौलाएर हरक्षेत्रमा बढ्यो लदाचार अहो
यही रीतिले देशमा बन्दैन समृद्धिको खदाचार अहो ।

नेपालीको शिरको पोसाक टोपी हाम्रो
सदाकाल धीरको पोसाक टोपी हाम्रो
नेपालीत्वको चिनारी विश्व आँगनीमा
स्वाभिमान हो थिर पोसाक टोपी हाम्रो
लगाए हुन्न पीर पोसाक टोपी हाम्रो ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।