गजल : एच. पी सयान

गजल :  एच. पी सयान

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

यस्तो जङ्गल पनि छ र कतै भिर नै नभएको
एउटा मात्र मान्छे देखाउन यार पिर नै नभएको ।

आज हजुरको पालो हो के के भन्नु छ भने हुन्छ
पक्कै म पनि छैन होला त्यहाँ तक्दिर नै नभएको ।

तपाई बाँच्नको लागि एक्लै काफि छ भनुहुन्छ
कस्को आँखा छ र कसैको नि तस्वीर नै नभएको ।

संसार एक अर्कामा यसरी निर्भर छ कसरी भनुँ
नदि पनि त हुदैन बगर नै नभएको तिर नै नभएको ।

तिमी चरा जस्तै उड्छु भन्छौ खुल्ला आकाश माथि
नाथे जिन्दगीनी कहाँ हुन्छ र जन्जिर नै नभएको ।

किन गुनासो गर्छौ गाडी छैन महल छैन भनेर साथी
म त बाचिराछु व्यापार नभएको जागिर नै नभएको ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।