श्री जनजागृति माध्यमिक विद्यालय बुढानिलकण्माठ-११ मा शिक्षक आवश्यकता !
कपन अनलाइन
काठमाण्डौ ,माघ ३ ।
श्री जनजागृति माध्यमिक विद्यालय बुढानिलकण्ठ -११ ले करार सेवाका लागि शिक्षक माग गरेको छ।
शिक्षा नियमावली २०५९ (संशोधन सहित) तथा नियम १०७ को उपनियम २ बमोजिम विद्यालयको रिक्त प्राथमिक शिक्षक पदका लागि दरखास्त आह्वान गरिएको हो।
छनोट प्रक्रिया अन्तर्गत लिखित परीक्षा, अन्तर्वार्ता तथा कक्षा अवलोकन गरिने विद्यालयले जनाएको छ। न्यूनतम शैक्षिक योग्यता शिक्षाशास्त्र संकायमा +२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उच्च योग्यता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
इच्छुक उम्मेदवारले दरखास्तसहित शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, माथिल्लो तह उत्तीर्ण गरेको भए सो तहको प्रमाणपत्र, शिक्षण अनुमति पत्र तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी विद्यालयमा निवेदन दिनुपर्नेछ।
थप जानकारीका लागि विद्यालयले ९८४११६५९२७ र ९८४१२०५८०६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
