चार मुक्तक : भारद्वाज मित्र

चार मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

परालको आगो के आगो
मुढाको आगो पो आगो
देखिने तर नपोल्ने भन्दा
भुत्भुतेभित्रको हो आगो ।

खति भए धन फेरि जम्मा गरौंला
खेत वारि घरबस्ती फेरि जोडौंला
आनिबानी चालचलन खोला लागेमा
सुधारने कसरी पो बाटो खोजौंला ।

सम्झनामा एउटा चिठ्ठी पठाएँर हेर
मलाई तिम्रो त्यो मुटुमा अटाएर हेर
फगत हुन दिने छैन तिम्रो बलिदानी
मेरा निम्ती थोरै खुशी मगाएर हेर ।

पँैचो भन्न मिल्ने भए सम्मोहनको खात
पाइपाई हिसाव किताब चुकाउथेँ साथ
बक्यौतामा क्यै नराखि गनीगनी जम्मै
फर्काउथेँ नापि जोखि सबै उन्कै हात ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।