गजल : लीलाराज दाहाल

गजल : लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।

पहिले देशको गीत गाउँ, जे जे होला होला
मिलेर देशलाई बचाउँ, जे जे होला होला !

आफू आफू लडेर कहाँ हुन्छ इतिहास
सबै मिल्ने कसम खाउँ, जे जे होला होला !

खण्डहर भो घर यो चुहिने छ छानो पनि
प्रीतको घर पहिले छाउँ, जे जे होला होला !

लडाउँदैछ कसैले हामीलाई अझै पनि
त्यस्ताको भजन नगाउँ, जे जे होला होला !

श्रम र पसिना चुसेर आफू मात्रै बाँच्ने
भ्रष्टहरू कहाँ नधाउँ, जे जे होला होला !

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।